१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षिकाले धकेल्दा विद्यार्थीको टाउकोमा गम्भीर चोट, परिवारले दियो प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षिकाकै कारण गम्भीर घाइते भएका छन् । चक्रपथस्थित पेनउड एकेडेमीका शिक्षिकाले २ कक्षामा अध्ययनरत विद्यार्थी कुशाग्र फुँयाललाई हातपात गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । आफ्नो छोरालाई कुटपिट गरेको भन्दै कुशाग्रको परिवारले घटना अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएको छ ।

कुशाग्रकी आमा इन्दिराले शिक्षिका विनिता रञ्जितले धकेल्दा निधारमा चोट लागेको जानकारी दिइन् । खानेपानीको धारा खोलेको निहुँमा पछाडिबाट धकेल्दा कुशाग्रको निधार टुटीमा ठोक्किएको उनको भनाइ छ । ‘मंगलबार दिउँसो टिफिन ब्रेकमा अन्य विद्यार्थीसँगै कुशाग्र पनि पानी खान धारामा गएछ । पानी खाएपछि बन्द गर्न लाग्दा धारा ठूलो खोलेको भन्दै शिक्षिकाले टाउकामा समातेर धकेलिछिन् । बाबुको टाउको धाराको टुटीमा गएर ठोक्किएछ । गहिरो चोट लगेको छ,’ उनले भनिन् ।

टाउकोको दुखाइ बढ्दै गएपछि अभिभावकले उपचार गर्न कुशाग्रलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगेका थिए । अस्पतालका न्युरो चिकित्सक प्रा।डा। मोहनराज शर्माले उनको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि चिकित्सकबाट जारी रिपोर्टमा उनको टाउकोमा चोट लगेको उल्लेख छ । ‘हेड इन्जुरी । रिफर टु न्युरो सर्जरी,’ रिपोर्टमा भनिएको छ ।

विद्यालयका प्रधानाध्यापकले विद्यार्थी कुट्ने गरेको आरोप
इन्दिराका अनुसार कुशाग्र कक्षा १ देखि विद्यालयमा अध्ययनरत छन् । आफ्नो छोरालाई यसअघि पनि एकेडेमीका प्रधानाध्यापक रोहित अख्तरले टाउकोमा पिट्ने गरेको उनले आरोप लगाइन् । ‘बाबुलाई यसअघि पनि कुटपिट हुन्थ्यो । हामीले धेरैपटक कम्प्लेन पनि गर्‍यौँ । तर, उनीहरूको व्यवहार कहिल्यै सुधार भएन । सर्टको बटम खुस्किएको निहुँमा समेत कुटपिट हुन्थ्यो । कहिले गाला त कहिले टाउकोमा कुट्ने गरेको बाबुले हामीसँग भनेको छ,’ इन्दिराले भनिन् ।

विद्यालयको दाबी, विद्यार्थी आफैँ चिप्लिएर लडेका हुन्
एकेडेमीका संयोजक सुविन केसीले भने कुशाग्रलाई शिक्षिकाले धकेलेको नभई पानी खाने क्रममा आफैँ चिप्लिएर लडेको बताए । ‘कुशाग्रलाई कसैले कुटपिट गरेजस्तो लाग्दैन । उनका अभिभावक हामीकहाँ आएर गुनासो पनि गरेका छन् । घटना सम्बन्धमा बुझ्दा पानी खाने क्रममा उनी आफैँ चिप्लिएर लडेको जानकारी आयो । यद्यपि, हामी यस सम्बन्धमा आन्तरिक अध्ययन गर्दै छौँ,’ उनले भने । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले भने पेनउड एकेडेमीविरुद्ध जाहेरी नआएको बताए । ‘विद्यार्थी कुटपिट सम्बन्धमा अनुसन्धान गर्न कुनै जाहेरी परेजस्तो लाग्दैन,’ उनले भने ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै