६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विद्यालय जोगाउनै सकस

विद्यालय जोगाउनै सकस
अ+ अ-

बिर्तामोड । बस्ती बाक्लै छ । बालबालिका पनि पर्याप्त छन् तर शिवसताक्षी नगरपालिकास्थित झरना प्राथमिक विद्यालय दुई वर्षदेखि बन्द छ । कारण हो– विद्यार्थी अभाव । तर नगरपालिका विद्यालय बन्द भएको स्वीकार गर्दैन ।

विद्यालयमा कक्षा स्थगित मात्र गरिएको नगर शिक्षा अधिकृत सुरेन्द्र दाहालले बताए । विद्यालयमा अहिले ८–१० जना बालबालिका भेला पारेर बालविकास कक्षा सञ्चालन गर्ने गरिएको छ ।

‘विद्यार्थी अभाव भएपछि विद्यालय बन्द भएको हो,’ पूर्वप्रधानाध्यापक मणिप्रसाद दाहालले भने । उनले विद्यालयको अवस्था राम्रो नभएकाले विद्यार्थी संख्या बढ्न नसकेको बताए । विद्यालय बन्द भएपछि त्यहाँका शिक्षक अन्यत्र गएका छन् । यस्तै समस्या शिवसताक्षी ९ स्थित सतासी प्राथमिक विद्यालयले पनि झेल्दै आएको छ । केही वर्षयता विद्यालयमा विद्यार्थी संख्या लगातार घटदो छ । गत वर्ष ५२ जना अध्ययनरत विद्यालयमा यस वर्ष ४३ जना मात्र छन् । उनीहरू पनि नियमित छैनन् । अधिकांश गरिब, विपन्न वर्गका छन् ।

कुन विद्यार्थीले कहिले विद्यालय छाड्ने हुन्, पत्तो नहुने प्रधानाध्यापक ज्ञानेन्द्रकुमार विकले बताए । ‘भरपर्दा विद्यार्थी नै छैनन् । बुबाआमा नभएका, अर्काको घरमा काम गर्न बसेका, कसैको सहयोगमा विद्यालय आउँदै गरेका विद्यार्थी मात्र यहाँ पढ्छन्,’ उनले भने, ‘स्थायी विद्यार्थी भर्ना हुन आउँदैनन् । त्यसकारण सधैं अभाव झेल्नुपरेको हो ।’

विद्यालय ०२१ सालमा स्थापित विद्यालयसँग १७ कट्ठा जमिन छ । खेलमैदान, भवन, कक्षाकोठा र शिक्षक पनि पर्याप्त छ । आसपास धेरै विद्यालय भएकाले त्यहाँ अभाव भएको विकको दाबी छ । ‘३ सय मिटरभित्र दुईवटा बोर्डिङ र एउटा सामुदायिक स्कुल छ । हुने खानेले नानीहरूलाई बोर्डिङ पठाउँछन् । बोर्डिङ पठाउन नसक्नेले हाईस्कुलमा पठाउँछन्,’ उनले भने । दिवा खाजाको व्यवस्था नभएकाले पनि विद्यार्थी आकर्षित गर्न नसकेको विकको भनाइ छ ।

‘०५२ सालतिर यो स्कुलमा ८ सय विद्यार्थी थिए । भर्ना लिन परीक्षा लिनुपर्थ्यो,’ शिक्षक रामदेव साहले भने, ‘यही स्कुल अहिले विद्यार्थी नभएर जबर्जस्ती चलिरहेको छ ।’ उनले विद्यालय टिकाइराख्न नगरपालिकाले विशेष सहयोग गर्नुपर्ने माग गरे । ‘नगरपालिकाले जिम्मेवारी लिएर केही परिवर्तन गरे अझै पनि विद्यार्थी संख्या बढाउन सकिन्छ,’ उनले भने ।

नगरपालिकाले वास्ता नगरेकै कारण विद्यालयप्रति आकर्षण बढाउन नसकिएको प्रअ विकले बताए । विद्यार्थी अभाव झेल्दै आएका विद्यालयका लागि ठोस निर्णय लिन नसकिएको नगर शिक्षा अधिकृत दाहालले बताए । उनले भने, ‘हामी अहिले नगरको
स्वीकृत दरबन्दी कति हो भनेर पर्खिरहेका छौं ।

माथिबाट स्पष्ट भएर आएपछि समस्या झेल्दै गरेका विद्यालयको हकमा कस्तो निर्णय गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।’ उनले समस्यामा परेका विद्यालय जोगाउन स्थानीय जुट्नुपर्ने धारणा राखे ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।