२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससकर्मी बाँस्तोला सम्मानित



अ+ अ-

कास्की । रेन्बो चिल्ड्रेन होम नेपालले राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार हरि बाँस्तोलालाई सम्मान गरेको छ । उक्त संस्थाको ११औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा बालबालिकाको संवद्र्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएकामा उनीसहित गोरखापत्र दैनिकका तारा चापागाँई र गोर्खाली रेडियोका खिमा गुरुङलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सम्मान गरेको थियो ।

यसैगरी एसइई परीक्षामा उच्च अङ्क ल्याउने बालबालिकाका साथै उत्कृष्ट कार्य गर्ने उक्त संस्थाका कर्मचारी सम्मानित भएका थिए । उपसभामुख शर्माले बालबालिकाको हक, अधिकार र रक्षाका लागि बालमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त जनाए । उनले यस संस्थाले सहाराविहीन बालबालिकालाई आवासीयरूपमा शिक्षा–दिक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताए ।

हाल ३५ बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउँदै आएको उक्त संस्थाले विभिन्न स्थानका ४१ बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ ।