१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससकर्मी बाँस्तोला सम्मानित



अ+ अ-

कास्की । रेन्बो चिल्ड्रेन होम नेपालले राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार हरि बाँस्तोलालाई सम्मान गरेको छ । उक्त संस्थाको ११औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा बालबालिकाको संवद्र्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएकामा उनीसहित गोरखापत्र दैनिकका तारा चापागाँई र गोर्खाली रेडियोका खिमा गुरुङलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सम्मान गरेको थियो ।

यसैगरी एसइई परीक्षामा उच्च अङ्क ल्याउने बालबालिकाका साथै उत्कृष्ट कार्य गर्ने उक्त संस्थाका कर्मचारी सम्मानित भएका थिए । उपसभामुख शर्माले बालबालिकाको हक, अधिकार र रक्षाका लागि बालमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त जनाए । उनले यस संस्थाले सहाराविहीन बालबालिकालाई आवासीयरूपमा शिक्षा–दिक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताए ।

हाल ३५ बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउँदै आएको उक्त संस्थाले विभिन्न स्थानका ४१ बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ ।