६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा ६ सर्वसाधारण मुक्त



अ+ अ-

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तको गेरो जिल्लामा लु्केर बसेका तालिबान आतङ्ककारीविरुद्ध बिशेष सुरक्षाबलले गरेको कराबाहीको क्रममा छ जना सर्वसाधारण मुक्त भएका छन् । ती सर्वसाधारण बिहीबार तालिबानको कब्जाबाट मुक्त भएका सेनाले शुक्रबार जारी बिज्ञप्तिामा जानकारी दिएको छ ।

गेरो जिल्लाको दुर्गम क्षेत्रमा भएको यस विशेष सुरक्षा का्रबाहीमा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको र तालिबानको कब्जामा रहेका छ व्यक्ति मुक्त गराउनु सुरक्षाबल सफल भएको जनाइएको छ । यस कारबाहीको विषयमा तालिवान आतंकवादीहरूले कुनै टिप्पणी गरेका छैनन्।

यसभन्दा अघि अफगान विशेष सुरक्षाबलले गत सोमबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा तालिबान लडाकूविरुद्ध भएको कारबाहीका १५ व्यक्ति मुक्त भएका थिए । ती व्यक्तिहरुमा सात सर्वासाधारण ८ सैनिक रहेका थिए ।