१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेको छोरीको निधन



अ+ अ-

काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेको छोरीको बोन क्यान्सरबाट निधन भएको छ । उनी पहिलादेखी नै यस रोगबाट पिडित थिईन् । इनरिकले ९ वर्षकी छोरी जानाको निधनको पुष्टि गरेका हुन् । छोरीको निधन भएको खबर ट्वीट गर्दै उनले भनेका छन्, ‘भविश्यमा फेरि भेट्न आशसहित हामी जीवनमा हरेक दिन तिमीलाई सम्झिरहने छौं । तिमी हाम्रो परिवारलाई मागर्दशन गर्ने स्टार हुनेछौं ।’

इनरिकले जानाको पाँच महिनासम्म चलेको उपचारको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । उनले जुनमा मात्र स्पेनको प्रशिक्षक पद छाडेका थिए ।