अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउाँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँकी किथ्थी साउद रहेको मेल्लेख गाउपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।
साँफेवगरबाट कुस्कोटको लागि छुटेको से १ ज ९८६ नम्वर को जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो। दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।