६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सिफारिसमै सीमित महिला आयोग

सिफारिसमै सीमित महिला आयोग
अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगका कर्मचारीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनाबारे स्थलगत अनुगमन गरेका थिए । प्रतिवेदन पनि तयार पारे तर सार्वजनिक गर्न र सरकारलाई सुझाव दिन सकेनन् । पदाधिकारी अभावमा प्रतिवेदन सार्वजनिक गर्न नसकेपछि आयोगले घटनाप्रति बेवास्ता गरेको व्यापक टीकाटिप्पणी भयो ।

आयोग कर्मचारीले यस वर्ष बाढीपहिरो र डुबानले बढी प्रभावित तराई क्षेत्रको स्थलगत अनुगमन गरी महिलाको अवस्था बुझ्ने योजना बनाए र केही दिनमै स्थगित गरे । अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने अधिकार नरहेकाले पछि हटेको एक कर्मचारीले बताए । ‘प्रतिवेदन सार्वजनिक नगरे आयोग आयो, हेर्‍यो, फर्क्यो, नाम मात्रैको आयोग भन्ने हुन्छ,’ ती कर्मचारीले भने, ‘निराशा छर्नुभन्दा नजानै बेस भनेर गएनौं ।’

अनुगमन प्रतिवेदन सार्वजनिक गर्नुअघि पदाधिकारीबाट स्वीकृत गर्नुपर्छ । ०५८ सालमा स्थापित यो आयोग संवैधानिक बनेयता पदाधिकारीविहीन छ । पछिल्लो समय घटनाप्रधान अनुगमन योजना बनाउनै छाडेको छ । बनाए पनि स्थगित गर्ने गरेको छ । पदाधिकारी नहुँदा आयोग सिफारिस गर्ने काममा सीमित छ । नीतिगत निर्णय गर्न बाधा पुगेको छ ।

आयोगले पूर्णता पाउन संविधानमा उल्लेख भएअनुसार एक अध्यक्ष र चार सदस्य नियुक्त हुनुपर्छ । आयोग ऐन, ०७४ अनुसार महिला सशक्तीकरणका लागि नीतिगत र कानुनी व्यवस्था तथा सरकारका कार्यक्रमको समीक्षा, अनुगमन, मूल्यांकन गरी सुझाव दिने अधिकार पदाधिकारीलाई मात्रै छ । अहिले यी काम ठप्पजस्तै छन् । ‘ऐनअनुसार नियमावली र रणनीतिक मस्यौदा तयार भएको ६ महिना भइसक्यो, पदाधिकारी नभएपछि थन्किएको छ,’ आयोग सचिव दीपेन्द्र काफ्लेले भने, ‘नियमावलीले पूर्णता नपाएपछि निर्देशिका बनेको छैन, नीतिगत काम गर्न समस्या छ ।’ संविधान बन्नुअघि आयोग तत्कालीन महिला मन्त्रालयअन्तर्गत थियो । संविधानत: संवैधानिक आयोगको संरचनाअनुरूप बनेपछि आयोगमा पदाधिकारी नियुक्ति हुन सकेका छैनन् । कर्मचारीले दैनिक कामकाज गरे पनि सेवाप्रवाहका लागि निर्देशन दिन सक्दैनन् ।

महिलाका मुद्दामा तत्काल ‘रेस्पोन्स’ गर्नुपर्ने आयोग नियमित प्रशासनिक काम र जनचेतना जगाउने काममा सीमित छ । आयोगमा आउने उजुरीको कानुनी उपचारका लागि बार एसोसिएसन, सेल्टरका लागि सेफ हाउस, जोखिमपूर्ण अवस्था समाधानका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्नुपर्ने अवस्था छ । उजुरी सम्बोधन गर्ने काम भइरहेका छन्, प्रभावकारिता छैन । स्थानीय तथा प्रदेश सरकारका योजना तथा कार्यक्रम महिलामैत्री छन्रछैनन् अनुगमन हुन सकेको छैन ।

उजुरी व्यवस्थापनमा समस्या
महिला तथा बालबालिकाका उजुरी आइसकेपछि आयोग कर्मचारीले सुनुवाइ गर्छन् । कर्मचारी तहबाट कार्यान्वयन भइसकेपछि पदाधिकारीले गर्नुपर्ने काम बाँकी रहन्छन् । पदाधिकारी नभई निर्णय गर्न नहुनेजटिल प्रकृतिका मुद्दामा समस्या भइरहेको आयोगको कानुन फाँटका कर्मचारी बताउँछन् ।

उजुरी व्यवस्थापनमा समस्या हुँदा घटनाहरू अनुगमन गर्नुको अर्थ नरहने कानुन फाँटकी कल्पनाकुमारी खतिवडाले बताइन् । ‘महिला हिंसाका घटना अनुगमन गर्छौं तर सार्वजनिक गर्ने अधिकार छैन’, उनले भनिन्, ‘आयोगबाट अनुगमन किन भएन भन्ने गुनासा आउँछन्, खास कारण यही हो ।’ घरेलु हिंसाबाहेकका उजुरी कार्यान्वयन गर्नसक्ने अवस्था छैन ।

उजुरीबारे सम्बन्धित पक्षसँग लिखित जवाफ माग्दा चित्तबुझ्दो नपठाए पुनस् जवाफ माग्ने, छलफल, बैठक गरेर निष्कर्ष निकाल्ने अधिकार कर्मचारीलाई छैन । आयोगका सूचना अधिकरी ध्रुवराज क्षेत्रीका अनुसार गत वर्ष घरेलु हिंसा र महिला हिंसा गरी १ हजार ४ सय ७४ उजुरी परेका थिए । ३६२ उजुरी कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) मा, १९ उजुरी कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) मा, ११२ उजुरी बार एसोसिएसनमा, १०७ उजुरी साथीरसिविनमा तथा २८५ अन्य निकायमा सिफारिस गरिए । २५९ उजुरी भने आयोग आफैंले सहमति गराएर टुंग्याएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।