६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कहाँ लगिन्छन् गाईगोरु ?

कहाँ लगिन्छन् गाईगोरु ?
अ+ अ-

सुर्खेत । सुर्खेतबाट दैलेखसम्म भनेर ल्याउँछन् र कालिकोट पुर्‍याउाछन् । कालिकोटबाट मुगु हुादै सम्बन्धित ठाउँ फुर्‍याइन्छन् । बिहीबार मात्रै ट्रकमा खाादेर लगिएका २४ गाईगोर बाटोमै मरे । करिब डेढ सय सुर्खेतको कटकुवा क्षेत्रमा बेवारिस छाडिएका छन् ।

हेर्दै जीर्ण र जर्जर शरीर । वृद्ध गोरुले न खेती लगाउन सक्छन् न त गाईले प्रजनन क्षमता राख्छन् । नेपालगन्ज उपमहानगरपालिकाले उपयोगिताविहीन तिनै गाईगोरुलाई बिहीबार ट्रकमा हालेर दैलेख, शिरस्थानका लागि पठायो । २४ गाईगोरु बाटोमै मरे । करिब डेढ सय सुर्खेतका कटकुवा क्षेत्रमा बेवारिस छोडिए । अहिले ती गाईगोरु कहाँ, कसले र किन लग्दै थियो भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सडकमा गाई भेटिएपछि सुर्खेत प्रहरीको पहिलो प्रतिक्रिया थियो– दैलेखको शिरस्थान लग्ने क्रममा ट्रकबाट झार्दा बाटोमै मरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रेस विज्ञप्तिमार्फत सोही जानकारी प्रेषित गरेको छ । जनप्रतिनिधि र शिरस्थान मन्दिर व्यवस्थापन समितिका पदाधिकारी भने ती गाईगोरु शिरस्थानको नाम भजाएर अन्यत्रै लैजान ल्याइएको दाबी गर्छन् । ‘पुच्छो (दान) लगाएर आएका गाईकै व्यवस्थापन गर्न त हामीलाई हम्मेहम्मे छ, ती थाडा (नब्याउने) गाई र बुढा गोरु यहाँ केका लागि मगाउनु ?’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष केशवराज थापाले भने, ‘यसबारे हामीलाई केही जानकारी छैन, कसैले गौमातामाथि पाप गरिरहेको छ ।’

शिरस्थान क्षेत्रमा पर्ने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले त तस्करी गर्ने उद्देश्यले गाईगोरु ल्याइएको दाबी गरे । यसअघि पनि बुढाखाडा गाईगोरु दैलेखको बाटो भएर तिब्बतको सीमाक्षेत्रमा पर्ने हुम्ला, मुगुसम्म तस्करी हुने गरेको उनको भनाइ छ । ‘सुर्खेतबाट दैलेखसम्म भनेर ल्याउँछन्, यता ल्याएपछि कालिकोट लैजाने भनेर चराउँदै लैजान्छन्,’ उनले भने, ‘कालिकोट पुगेपछि भने मुगु लैजाने भनेर लग्छन् अनि त्यहाँबाट सम्बन्धित ठाउँ पुर्‍याइन्छन् ।’ तस्करीको यही सेटिङ थाहा पाएकै कारण नेपालगन्जबाट ल्याउन लागिएका गाईगोरु दैलेख प्रवेश गर्न नदिन आफूले प्रहरी–प्रशासनलाई अग्रिम रूपमा आग्रह गरेको उनले बताए ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले पनि प्रयोजनविहीन तबरले गाईगोरु ल्याउनु ‘संवेदनशील’ भएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पाँच जना ट्रक चालक समातिए पनि सबै कुरा उनीहरूबाट नखुल्ने उनको भनाइ छ । उत्तरी मुगुका एक स्थानीयले समेत उत्तरी सीमाक्षेत्रमा गाईगोरु तस्करी हुने बताए । तराईका जिल्ला हुँदै ल्याइएका गाईगोरु मुगु र हुम्लाका उत्तरी सीमावर्ती क्षेत्रका साथै केही संख्यामा तिब्बतसम्मै पुर्‍याइने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले पनि ती गाईगोरुको अवस्था हेर्दा मनमा कौतूहल उब्जिएको बताए । अधिकांश गाई प्रजनन क्षमता नभएका र गोरु पनि वृद्ध भएका उनको भनाइ छ । ‘यिनलाई पालेर मल बनाउनेबाहेक अरू खासै काम देखिँदैन,’ उनले प्रश्न गरे, ‘न दूध खान मिल्ने न जोत्न मिल्ने, यी गाईगोरु ट्रकमा हालेर यति टाढा किन ल्याइए होलान् त ?’

कसरी ल्याइए गाईगोरु  ?
नेपालगन्ज उपमहानगर क्षेत्रमा छाडा चौपाया सडक सुरक्षाका दृष्टिले प्रमुख समस्या छ । सीमावर्ती भारतबाट समेत छाडा चौपाया आउने गर्छन् । यही समस्या समाधान गर्न उपमहानगरले वडा नं. २१ को पुरैनामा कान्जीहाउस बनाएको छ ।

त्यहाँ क्षमताभन्दा बढी गाईगोरु भएपछि उपमहानगरले संरक्षण गर्नका लागि कसैले माग गरे दिने नीति बनाएको छ । सोहीअनुसार केही व्यक्तिले दैलेखको शिरस्थानमा लैजाने प्रस्ताव राखेपछि उपमहानगर आफैंले ट्रक व्यवस्था गरी २ सय ९१ गाईगोरु बिहीबार पठाएको थियो । ‘नेपालगन्जबाट सुर्खेतसम्म ट्रकमा हालेर लग्ने र त्यहाँबाट चराउँदै लग्ने योजनाअनुसार पठाइएका हुन्,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने, ‘तर दुर्घटनावश केही पशु मरेपछि समस्या आइलाग्यो ।’ सुर्खेतसम्म पुर्‍याउन नगर प्रहरीको टोली नै आएको उनले बताए ।

प्याकुरेलको भनाइमा यसअघि पनि विभिन्न व्यक्तिले कान्जीहाउसबाट करिब ८० गाई तथा गोरु जाजरकोट, दैलेखलगायत जिल्लामा लगेका छन् । यति ठूलो संख्यामा ट्रकमा कोचेर लग्ने व्यक्तिबारे भने न उपमहानगरपालिका बोलेको छ न त सुर्खेत प्रहरीले मुख खोलेको छ । प्रहरीले चालकसहित पाँचवटा ट्रक समातेको छ । गाईगोरु ल्याउने जिम्मेवार व्यक्ति भने नियन्त्रणबाहिर छन् । सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुनामा प्रहरी पोस्ट छ । पोस्टनजिकै ८ वटा गाई तथा गोरु मरेका छन् । उपत्यकाको उत्तरतिर पर्ने कटकुवाको सडकमा थप १६ वटा गाईगोरु मरेका छन् । स्थानीयले प्रहरीले राति नै घटनाबारे थाहा पाए पनि कसैलाई समात्नेतिर नलागेको बताए । सुर्खेतका निमित्त प्रहरी प्रमुख डीएसपी रवि रावलले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै बोल्न नमिल्ने बताए ।

कसरी मरे ?
पशुचिकित्सक न्यौपानेका अनुसार आयु पुगेका गाई तथा गोरु ट्रकमा खाँदेर ल्याउँदा मरेका हुन् । कतिपय गाईगोरु ट्रकभित्रै मरेका हुन सक्ने उनले बताए । ‘केहीलाई ट्रकबाट झार्ने क्रममा चोट लागेर मरेका देखिन्छन्,’ उनले भने, ‘मरेका अधिकांश गाईगोरु बुढाखाडा छन् ।’ बेवारिस छोडिएकामध्ये २५ वटालाई उपचार गरी निको पारिएको उनले बताए ।

कटकुवाका विभिन्न ठाउँमा छोडिएका गाईगोरुमा चोटपटक लागेको देखिन्छ । मरेका गाईगोरुमा पनि घाउचोट देखिएको न्यौपानेले बताए । यद्यपि मृत्युको कारण थाहा पाउन मरेका गाईको ग्रस (बाहिरी) र इन्टरनल )भित्री) पोस्टमार्टम गरिने उनको भनाइ छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।