६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा धान उत्पादन बढ्न अनुमान



अ+ अ-

बैतडी : यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो ।

आर्थिक वर्ष २०७५-०७६ मा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्दका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

गत वर्षभन्दा १५ प्रतिशत तथा दुई हजार ५०० मेट्रिक टन उत्पादन बढी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यो वर्ष उन्नत जातको धानको बीउ वितरण गरी प्रयोगमा ल्याइएकाले धान उत्पादन बढी हुने अनुमान गरिएको चन्दको भनाइ रहेको छ । यसका साथै समय समयमा वर्षासमेत भइरहेकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।

यसैबीच जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । वर्षमा तीन खेती गर्ने महाकाली र चमेलिया किनारलगायतका बँेसी क्षेत्रमा यो हप्ता मात्रै रोपाइँ सम्पन्न भएसँगै जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थान, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीका पकेट क्षेत्र हुन् । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हँुदै आएको छ ।