६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ अस्पतालकाे चरम लापरवाही, सुत्केरीले बाटाे खर्च पाएनन्



अ+ अ-

दमौली : तनहुँको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले रु दुई हजार र नियमित चार पटक गर्भ परीक्षण गर्नेलाई थप रु आठ सय प्रदान गर्दै आइरहेको छ । तर अस्पतालको लापरवाहीले गत आर्थिक वर्षको अन्तिम साता सुत्केरी भएका महिलाले यातायात खर्चबापतको रकम पाउन सकेनन् ।

अस्पतालको सरकारी खाता गत असार २५ गते नै बन्द गरिएको र त्यसपछि कुनै पनि रकम झिक्न नपाएको कारण सो मितिभन्दा पछि सुत्केरी हुन आउनेलाई रकम दिन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

सुत्केरीले रकम नपाएका बारेमा आफूले नयाँ आर्थिक वर्ष लागेपछि मात्र जानकारी पाएको हुँदा त्यसबारेमा सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो । गत असार २५ गतेपछि असार ३२ गतेसम्म अस्पतालमा २३ जनाको सुत्केरी गराइएको थियो । ती सबै सुत्केरीले प्राविधिक कठिनाइको कारण अब सरकारी सुविधा नपाउने दमौली अस्पतालकी नर्सिङ अधिकृत जमुनादेवी शर्माले जानकारी दिनुभयो । अस्पतालका लेखापालको लापरवाहीका कारण सुत्केरीले आफ्नो सुविधाबाट वञ्चित हुनुपरेको गुनासो छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले आर्थिक व्यवस्थापनको कुरा लेखापालले मिलाउनुपर्नेमा नभएकाले समस्या उत्पन्न भएको बताउनुभयो । सो अस्पतालमा गत आवमा ६०७ को सुरक्षित सुत्केरी गराइएको थियो । चालू आवको साउन महीनामा अस्पतालमा सुत्केरी गराएका ७२ महिलाले पनि यातायात खर्चबापतको रकम प्राप्त गरेका छैनन् ।

चालू आवमा अहिलेसम्म खाता सञ्चालनको अख्तियारी प्राप्त नभएका कारण सुत्केरी भएकालाई रकम उपलब्ध गराउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका तत्कालिन लेखापाल पार्वती पौडेल स्वयं सुत्केरी भई बिदामा बसेकाले नयाँ लेखापालको व्यवस्था नभएको र अहिले आर्थिक कारोवार ठप्प रहेको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले जानकारी दिनुभयो ।