३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने

प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस्

प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस्
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितसँग जोडिएका विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गर्नुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृङ्खला अन्तर्गत ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा सहभागी भएको पहिलो अवसर भएकै कारण आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो।

उहाँले विगतका सरकारको विरासत बोकेर तथा आगामी सरकारको अगुवाका रूपमा महासभामा नेपालको धारणा निर्धक्कसँग राख्न प्रधानमन्त्री साहलाई सुझाव दिनुभयो। महासभामा प्रधानमन्त्रीले कुनै दल विशेषको मात्र नभई सिंगो देश र सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने उहाँको भनाइ थियो।

जलवायु परिवर्तनका विषयमा नेपालभित्रै लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरिरहेका विज्ञ र अध्येताहरूको सुझाव लिएर महासभामा प्रमाणसहित नेपालको धारणा प्रस्तुत गर्नुपर्नेमा थापाले जोड दिनुभयो।

“तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। योभन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ र योभन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ,” थापाले भन्नुभयो।

नेपालले महासभामा आफ्ना लागि के विषयमा आवाज उठाउने र के विषयमा लड्ने भन्ने कुरा स्पष्ट रूपमा राख्नुपर्ने उहाँको भनाइ थियो। विपद्को प्रभाव परेका क्षेत्रमा तत्काल बस्ती पुनःस्थापना गर्ने वा नगर्ने, विपद् व्यवस्थापन तथा सम्बन्धित संस्थाहरूलाई कसरी बलियो बनाउनेलगायतका विषयमा स्पष्ट नीति आवश्यक रहेको उहाँले बताउनुभयो।

थापाले जलवायु परिवर्तनको मुद्दालाई नेपालको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै यस विषयलाई अनुमानका आधारमा नभई तथ्य र प्रमाणका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सरकारलाई सुझाव दिनुभयो।

“यस क्षेत्रमा धेरै नेपाली साथीहरूले अध्ययन गर्नुभएको छ, काम गर्नुभएको छ। उहाँहरू नेपालभित्रै अध्येता तथा अध्यापनमा हुनुहुन्छ। उहाँहरूको ज्ञान र अनुभवलाई नेपालको स्रोतका रूपमा उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।

नेपालले हरेक क्षेत्रमा जलवायु परिवर्तनका असरलाई प्रमुख प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना समस्या, आवश्यकता र दाबीहरू प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा सभापति थापाले जोड दिनुभयो।