३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव
अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुुपर्ने आवश्यकता औँल्याउनुभएको छ । श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रममा उहाँले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

“आन्तरिक रोजगारीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न धेरै कामहरू गर्नुपर्नेछ । रोजगारदाता र श्रमिक एक अर्काको पूरक भएकाले यी दुवै पक्षलाई सबल बनाउन आवश्यक छ”, मन्त्री यादवले भन्नुभयो, “वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारीमा सबल बन्न सके हाम्रो मुलुक सबल र आत्मनिर्भर बन्छ ।”

तीन दिनसम्म वैदेशिक रोजगारी सम्बन्धित गुनासा, समस्या सुन्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘हेल्प डेक्स’ राखेकाले यससम्बन्धी समस्या त्यहाँ गएर राख्न उहाँले आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “वैदेशिक रोजगारीमा एजेन्टले गर्दै आएको ठगी न्यूनीकरण भए पनि यसको अन्त्यका लागि वैदेशिक रोजगार सम्बन्धित ऐन संशोधन गरेर ‘डिजिटल सिस्टम’ बनाउँदै छौँ ।”

श्रमिकहरू, स्थानीय बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविण, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवलगायत पालिकाका प्रमुखहरू, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्कालगायतको उपस्थिति रहेको थियोे ।