७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाभाइरसबाट थप चार हजार १९४ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार १९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २९ हजार ८४ हजार २६१ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ ।  

गत २४ घण्टामा पाइएको सङ्क्रमितको यो संख्या ०.५२ प्रतिशत रहेको सो मन्त्रालयले जानकारी दिएको छ । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४२ हजार २१९ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१० प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार सोही अवधिमा छ हजार २०८ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख २६ हजार ३२८ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७० प्रतिशत रहेको समाचारमा जनाइएको छ । 

कोरोनाको कारण पछिल्लो २४ घण्टामा २५५ जनाको मृत्यु भएको छ  । एक दिनमा मृत्यु भएका यी व्यक्तिहरुमा २२७ जना केरला राज्यका मात्र रहेका पनि समाचारमा जनाइएको छ ।  यसैसँगै भारतमा  कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १५ हजार ७१४ को मृत्यु भईसकेको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ८८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ७२ लाखभन्दा बढी डोज खोप लगाइएको छ । (रासस-एएनआई)