२ आश्विन २०८३, शुक्रबार
,
Latest
आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनलगायतमाथि दमन र ज्यादती गरेको आरोप लगाउनुभयो । त्यसविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

दाहालले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गरेर सरकारका गतिविधिविरुद्ध नयाँ आन्दोलनको तयारी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सिर्जना गर्नुछ ।”

सरकारको कार्यशैलीका कारण पछिल्लो समय जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाहालले दाबी गर्नुभयो । उहाँले स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढिरहेको दाबीसमेत गर्नुभयो ।

दाहालले सदनभित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको उल्लेख गर्दै सडक आन्दोलनका लागि पनि सहकार्य विस्तार गरिने बताउनुभयो । मधेस, बागमतीलगायत देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको आफूले महसुस गरेको उहाँको भनाइ थियो ।

सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै दाहालले जनतालाई आफ्ना एजेन्डाबारे बुझाउन सके आन्दोलनमा सहभागी हुने अवस्था निर्माण हुने दाबी गर्नुभयो ।