६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कांग्रेसका सयौ विभाग रित्तै, भ्रातृ संगठनको हालत पनि उस्तै

कांग्रेसका सयौ विभाग रित्तै, भ्रातृ संगठनको हालत पनि उस्तै
अ+ अ-

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने जनाए ।
‘केन्द्रीय समिति बैठक चल्दै छ, बैठकपछि केन्द्रका सबै रिक्त विभाग गठन गर्ने तयारी छ,’ उपसभापति निधिले राजधानीसँग भने ।उपसभापति निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिए ।
प्रदेश तहमा विभाग गठन गर्न भने कांग्रेसको प्रदेशमा संरचना नै बनेको छैन । कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ । तर, अझै पनि प्रदेशको संरचना बनाउने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन ।
विधानअनुसार केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहनेछन् । यस्तै, केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

विभागका उपप्रमुख, सचिव र सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ भने मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनुपर्ने उल्लेख छ ।कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संविधानले तय गरेको संरचनाअनुसारको पार्टीको संरचना बनाउन विधान संशोधन गरेको थियो । त्यस बखत नै पार्टीको केन्द्रीय विभाग गठन गर्न विधानले नरोके पनि प्रदेश समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, पालिका समिति तथा वडा कार्यसमिति गठन गर्न भने विधानले रोकेको थियो ।

हाल कांग्रेसको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन अवस्थामा छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमितिसमेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ । तरुण दलको महाधिवेशन २०७३ कात्तिकमा सम्पन्न भएको थियो । यसैगरी, दलित संघ, किसान संघलगायतका संगठन पनि वर्षौंदेखि निष्क्रिय छन् भने शुभेच्छुक संगठनहरूले पनि वर्षौंदेखि महाधिवेशन नै नगरी आलटाल गर्दै आएका छन् ।

कांग्रेसले गत वैशाखमा चलाएको पहिलो चरणको जनजागरण अभियानलगत्तै रिक्त सबै विभाग तथा भ्रातृ संगठनको गठन गर्ने तयारी गरेको थियो । संरचना नै नभएका कारण अभियान फितलो भएको भन्दै जिल्ला पुगेका प्रतिनिधिले नेतृत्वलाई संरचना गठनका लागि दबाब दिएका थिए । यस्तै, पहिलो चरणको जनजागरण अभियानका क्रममा तल्लो तहका नेता कार्यकर्ताबाट समेत संरचना गठन नै नगरी अभियान थालेको भन्दै नेतृत्वको चर्को आलोचना भएको थियो ।
हाल कांग्रेसले दोस्रो चरणको जागरणको तयारी गरेको छ । २४ भदौबाट ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ । कांग्रेसले १०५औं बीपी जयन्तीको अवसर पारेर जागरण गर्न लागेको हो । जागरणअन्तर्गत प्रत्येक प्रदेशमा १०५ वटा बिरुवा रोप्ने कांग्रेसको तयारी छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।