६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पाइपलाइनबाट १० दिनमै तेल आउने

पाइपलाइनबाट १० दिनमै तेल आउने
अ+ अ-

काठमाडौं। अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए ।

प्रवक्ता ढकालले दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए । ‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।

संयुक्ता रूपमा दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको गरे पनि २४ भदौबाट नियमित रूपमा पाइपलाइनबाट तेल आयात हुनेछ । रिमोटमार्फत पाइपलाइनका उद्घाटनपछि अमलेखगन्ज, मोतीहारी, दिल्ली र बालुवाटारमा स्क्रिनमा देखिनेछ । निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ ।

पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ । औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो ।

राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धारित समयभन्दा आठ महिनाअघि सकिएको थियो ।

परियोजना निर्माणका लागि नेपाल र भारतबीच ७ भदौ २०७२ मा यस परियोजनाको निर्माण मन्त्रिस्तरीय सम्झौता भएको थियो । पाइपालाइन परियोजनाको शिलान्यास २४ चैत २०७४ मा नेपाल र भारतका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबाट संयुक्त रूपमा गरेको थियो । पाइपालनको निर्माण २०१८ बाट सुरु गरेर २०२० माघमा महिना पाइपलाइनबाट तेल ल्याउने परियोजनको लक्ष्य रहेको थियो । पाइपलाइनको दूरी ६९।२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७।२५ र भारततर्फ ३२।६५ किलोमिटर पर्छ ।

पाइलाइनबाट ढुवानी गरेको तेल भण्डारण गर्नका लागि बाराको अमलेखगन्जमा दुईवटा ४ हजार १ सय किलोलिटरका र दुईवटा ३ हजार ९ सय किलोलिटरका ट्यांकी निर्माण कार्य सम्पन्न भइसकेका छन् । भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल कर्पोरेसन (आईओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ ।
भारतको २ अर्ब र निगमको ७५ करोड भारतीय रुपैयाा लागतमा सम्पन्न सो परियोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो ।पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब २ अर्ब रूपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् । पाइपलाइनबाट तेल ल्याउँदा वातावरण प्रदूषणसमेत स्वतः नियन्त्रण हुनेछ ।

पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीबापतको २ अर्ब रूपैयाँ बचत हुने निगमले जनाएको छ । निगमका अनुसार ढुवानी खर्च बचत भएपछि उपभोक्ताले सस्तो मूल्यमा तेल पाउनेछन् । रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने निगमले जानकारी दिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।