२ आश्विन २०८३, शुक्रबार
,
Latest
माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक मौलिक हक कार्यान्वयनका लागि बाँकी कानून निर्माणलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री गौतम सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि तीनै तहबाट कार्यक्रम सञ्चालन : मन्त्री पोखरेल जलवायुजन्य विपद्बाट प्रभावित किसानलाई राहत प्रदेशमार्फत, कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानः मन्त्री चौधरी ‘म मदनकृष्ण’को छायांकन सुरु संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत दिनुपर्छ : मेचे चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ डिजाइनमा ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै साविककै आकार तथा रङ्गमा ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउन लागेको जनाएको हो। नयाँ नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ।

नयाँ नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यस बैंकबाट रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनि ‘50’ समेत अंकित गरिएको छ।

नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ। उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ। नोटको तल्लो भागमा वि.सं. २०८२ को सिरिज नम्बर उल्लेख गरिएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। त्यस्तै, तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ लेखिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ का बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरिएको थियो। त्यतिबेला घोषणा गरिएको नोटमध्ये तोकिएको सिरिज नम्बरको सीमाभित्रका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले नयाँ नोटलाई राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




न्यूजपोलारबाट थप समाचार