६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

न्याय निरूपण गर्दै नगर इजलास

न्याय निरूपण गर्दै नगर इजलास
अ+ अ-

काठमाडौं । दुर्गम गाउँ बोल्दे माइतीघर भएकी १८ वर्षीया बिना तामाङ नौ महिनाको बच्चा च्यापेर चौतारा साँगाचोकगढी नगरपालिकाको न्यायिक समितिमा आइन् । न्याय खोज्दै चौतारा आएकी उनले न्यायिक समितिकी संयोजक तथा उपमेयर जानुका पराजुलीसँग भेटेर आफ्नो समस्या राखिन् । उनको समस्या थियो–सम्बन्धविच्छेद ।

बिनाले १५ वर्षको बाल्यकालमै चौतारा भुवागाउँका २५ वर्षीय श्यामकाजी तामाङसँग राजीखुसी भागी विवाह गरेकी थिइन् । १६ वर्षको कलिलो उमेरमा उनले बच्चा जन्माइन् । तर, बच्चा वर्ष दिन नपुग्दै पतिसँग सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता गरेपछि न्यायिक समितिलाई अप्ठ्यारो पर्‍यो ।

सामाजिक समस्यासँग जुद्धै १० वर्षे जनयुद्ध लडेर आएकी उपमेयर पराजुलीले बिनाले दर्ता गराएको मुद्दाबारे दिनरात गम्भीर भएर सोचिन् । बिना र पति श्यामकाजीसँग एक्लाएक्लै र दुवैलाई सँगसँगै राखेर पराजुलीले छलफल गरिन् । अन्ततः दुवैको मन मिल्यो । न्यायिक समितिले मेलमिलाप गरायो । अहिले बिना र श्यामकाजीको सम्बन्ध सुध्रिएको छ ।

त्यसैगरी, पतिसँग सम्बन्ध बिग्रिएर माइती गाउँ ठूलो सिरुबारीमा बस्दै आएकी मेनुका दुलालले पनि पति काशिराम बस्नेतसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् । तर, पराजुलीकै पहलमा एक बच्चाकी आमासमेत रहेकी दुलाल र बस्नेतको सम्बन्ध जोडिएको छ । अहिले उनीहरूको सम्बन्ध राम्रो छ ।

निःशुल्क र छिटोछरितो न्याय
नगरपालिकाको इजलासबाट निःशुल्क र छिटोछरितो न्याय पाइन थालेपछि स्थानीय उत्साहित भएका छन् । त्यसैले देवानी प्रकृतिका विभिन्न मुद्दा लिएर नगरपालिकाको न्यायिक समितिमा आउनेको संख्या बढ्दै गएको छ । ‘जनताले निःशुल्क रूपमा न्याय पाउने अवसर पाएका छन्,’ अधिकांश मुद्दालाई मेलमिलापबाट टुंग्याउन जोड दिने गरेकी समिति संयोजक पराजुलीले भनिन्, ‘हामीलाई पहिलेदेखि नै चिनेकाले पनि पीडितले आफ्ना समस्या खुलेर राख्छन् । दुवै पक्षलाई जितको महसुस हुने गरी मेलमिलाप र मुद्दा फैसला गर्ने गरेका छौँ ।’

स्थानीय तहबाट न्याय निरूपण हुने थाहा पाएपछि पीडित न्याय खोज्जै नगरपालिका पुग्न थालेका छन् । मुद्दाको चाप बढ्दै गएपछि नगर कार्यपालिकाले जिल्ला बालकल्याण समितिको भवन इजलासका लागि प्रयोग गर्न थालेको छ ।

यस्ता छन् मुद्दा
न्यायिक समितिमा महिला, वृद्धवृद्धा र बालबालिकालाई हेरचाह नगरेको, जन्मदर्ता, विवाहदर्ता, लेनदेन, साँधसीमाना, सम्बन्धविच्छेद, ज्यालामजदुरी र घरेलु हिंसाका मुद्दा धेरै आउने गरेका छन् । वृद्धवृद्धा, महिला र बालबालिकाका लागि अन्तरिम संरक्षणात्मक आदेश दिन पाउने सरकारी नियम छ ।

जिल्ला प्रहरी र प्रशासनमा पुगेका सर्वसाधारणको मुद्दालाई कार्यालयबाट तोक लगाएरै न्यायिक समितिमा पठाउने गरिएको छ । प्रहरीले न्यायिक समितिमा पठाएका लेनदेनसम्बन्धी अधिकांश मुद्दा मेलमिलापमा टुंग्याइएको पराजुलीले बताइन् । ‘१२ लाखसम्मका लेनदेनको मुद्दा हामीले मेलमिलाप गराएरै समाधान गरेका छौँ,’ उनले भनिन् । पैसा खर्च नगरीकनै न्यायमा पहुँच पुग्ने भएपछि विवाद समाधानका लागि नगरवासी ‘नगर इजलास’ जान थालेका छन् । मेलमिलाप र फैसला भएका विवाद पुनः बल्झेर पनि आएको छैन ।

डेढ वर्षमा २१० मुद्दा
न्यायिक समिति गठन भएको १८ महिनामा दुई सय १० वटा मुद्दा समितिमा दर्ता भएका छन् । मुद्दाको चापले न्यायिक समिकिा तीनजनालाई भ्याइनभ्याई छ । स्थानीय सरकार सञ्चालन ऐन दफा ४७ को ‘क’ र ‘ख’ मा उल्लेख भएका देवानी मुद्दा र क्षेत्राधिकारभित्र रहेर न्याय सम्पादन गर्ने गरिएको पराजुलीले बताइन् ।

०७४/७५ मा ८१ वटा विवाद समितिमा दर्ता भएका थिए । चारवटा विवाद क्षेत्राधिकारभन्दा बाहिर रहेकोले मिसिलसहित जिल्ला अदालत पठाइएको छ । बाँकी सबै मुद्दा किनारा लगाइएको पराजुलीको भनाइ छ । त्यसैगरी, ०७५/७६ मा एक सय ६ विवाद दर्ता भएका थिए । ‘एउटा मुद्दा अदालत पठाइएको छ । बाँकी सबै मुद्दाको फैसला भइसकेको छ,’ पराजुलीले भनिन् । चालू आवको अहिलेसम्म ३० वटा विवाद दर्ता भएका छन् । कतिपयको फैसला भइसकेको छ । महिनामा कम्तीमा चारपटक इजलास बस्ने गरेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।