६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पूर्वी नाकाबाट निर्यात ३ अर्ब, आयात पौने १० अर्ब रुपैयाँ

पूर्वी नाकाबाट निर्यात ३ अर्ब, आयात पौने १० अर्ब रुपैयाँ
अ+ अ-

झापा। मेची भन्सार नाका हुँदै हुने व्यापारमा आयात र निर्यातको अन्तर निकै ठूलो देखिएको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात भएका वस्तुको तुलनामा आयात भएका वस्तुको व्यावसायिक मूल्य उच्च छ । ‘आयात–निर्यातको अन्तर डरलाग्दो देखिएको छ,’ भन्सार अधिकृत भरतराज अधिकारीले भने ‘व्यापार घाटाका दृष्टिले सबै भन्सार नाकाहरूको आयात–निर्यातको अन्तर यस्तै देखिन्छ, यो नाका पनि फरक रहन सकेन ।’

गत आवमा काँकडभिट्टा ,नाका हुँदै नेपालबाट ९ अर्ब ७२ करोड २५ लाख रुपैयाँको मालवस्तु भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको छ । यसमा नेपालको कृषिजन्य उत्पादन अलैँचीको हिस्सा सबैभन्दा बढी छ । कुल निर्यात रकममध्ये २ अर्ब ९७ करोड रुपैयाँ हिस्सा अलैँचीको छ ।

मूल्यका हिसाबले आयातको अन्तर धेरै फराकिलो छ । भन्सार अधिकृत अधिकारीका अनुसार नेपालले काँकडभिट्टा नाका हुँदै ४६ अर्ब ८० करोड ५३ लाख मूल्यबराबरको सामान आयात गरेको छ । त्यसमध्ये १० अर्ब ३९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ मूल्यबराबरको क्लिंकर काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको छ । सिमेन्टमा नेपाल आत्मनिर्भर भए पनि कच्चा पदार्थ उपलब्ध नहुँदा बर्सेनि अर्बौँ रुपैयाँ क्लिंकर खरिदमा बाहिरिने गरेको हो । काँकडभिट्टा नाकाबाट ७७ करोड रुपैयाँबराबरको सेटअप बक्स भित्रिएको छ ।

यस नाकाबाट १३ अर्बको कोइला नेपाल भित्रिएको भन्सारको तथ्यांक छ । ६५ करोड रुपैयाँबराबरको जुस नेपाल भित्रिएको छ । बंगलादेशबाट नेपाल भित्रिने जुसको आयात पनि अघिल्ला वर्षभन्दा गत आवमा घटेको भन्सार अधिकृत भरतराज अधिकारीले बताए ।

‘लक्ष्यभन्दा बढी नै राजस्व उठाउने हाम्रो लक्ष्य थियो,’ उनले भने, ‘हाम्रा लागि दुर्भाग्य भयो कि, बंगलादेशबाट आउने जुस र भारतबाट आउने क्लिंकरको परिमाणमा कमी आयो ।’ सरकारले मेची भन्सारलाई गत आवमा ११ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले १० अर्ब ९ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्न सक्षम भएको थियो ।

यस नाकाबाट २ अर्ब ९४ करोड २८ लाख रुपैयाँको चिया निर्यात भएको छ । चियापछि १ अर्ब २४ करोडको मुसुरो दाल निर्यात भएको भन्सारको तथ्यांक छ । काँकडभिट्टा नाकाबाट १ अर्ब २४ करोडको कर्कटपाता निर्यात भएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।