१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजमा पशुपतिको पूर्वीढोका खुल्ने



अ+ अ-

काठमाडौँ । हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो ।
पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।
सरकारी सवारीको दुरूपयोग रोक्ने उद्देश्यले यसपालि पशुपति क्षेत्रमा सवारी प्रवेश पासको व्यवस्था गरिएको छैन । पङ्क्तिबद्ध हुन नपर्ने गरी विगतमा जारी हुँदै आएको मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।
जुत्ताचप्पललाई सहज रूपमा व्यवस्थापन गर्न सिर्जनशील युवा क्लबका स्वयंसेवक परिचालित गरिएको छ । पर्व मनाउन आउनेको सुरक्षाका लागि यस क्षेत्रमा महिला प्रहरीलाई विशेष रूपमा खटाइएको छ । ,समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।