६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विधायनले टुंग्यायो प्रहरी विधेयक

विधायनले टुंग्यायो प्रहरी विधेयक
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाले पारित गरिसकेको प्रहरीसम्बन्धी दुई विधेयकमा राष्ट्रिय सभाको विधायन समितिले सामान्य हेरफेर मात्रै गरेको छ । प्रदेश प्रहरी प्रमुख नियुक्ति प्रक्रिया, त्यसको पदनाम, पोसाक निर्धारण र त्यसको जिम्मेवारीका सन्दर्भमा प्रदेश सरकारले राखेको चासो राष्ट्रिय सभाबाट पनि सम्बोधन नहुने भएको छ ।

सरकारले प्रतिनिधिसभामा पेस गरेको प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकलाई राज्यव्यवस्था तथा सुशासन समितिले व्यापक परिमार्जन गरेको थियो । शान्ति सुरक्षाका सवालमा प्रदेश सरकारको भूमिका खुम्च्याउने गरी ल्याइएको उक्त विधेयकलाई प्रदेशको हकमा समितिले प्रशस्तै सुधार गरेको हो ।

तर प्रदेश प्रहरी प्रमुख सधैंभरि केन्द्र सरकारले खटाउने, त्यसको पदनाम नटुंग्याएको र सबै प्रदेश प्रहरीको पोसाक केन्द्रबाटै तोकिने जस्ता विषयमा प्रदेशले असन्तुष्टि राख्दै आएको छ । प्रतिनिधिसभाले नेपाल प्रहरीले खटाएको नायब प्रहरी महानिरीक्षक ९डीआईजी० प्रदेश प्रहरी प्रमुखमा रहने प्रावधानसहित विधेयक पारित गरेको हो । प्रदेश प्रमुखको नियुक्तिको सम्पूर्ण अधिकार केन्द्र सरकारसँग मात्रै निहित गरिएकाले प्रदेश प्रहरी अझै पूर्णरूपमा प्रदेश सरकारप्रति उत्तरदायी र जिम्मेवार हुन नसक्ने प्रदेशलाई संशय छ । प्रदेश प्रहरी प्रमुखको दर्जाप्रति पनि प्रदेशको गुनासो छ । प्रदेश सरकारहरू विशिष्ट श्रेणीका अधिकृतलाई प्रदेश प्रहरी प्रमुखका रूपमा खटाइनुपर्ने भन्दै आएका छन् । पोसाक पनि प्रदेश आफैंले तोक्न पाउनुपर्ने उनीहरूले भन्दै आएको विषय हो । तर राष्ट्रिय सभाको विधायन समिति प्रदेशका ती सरोकारमा प्रवेश नै गरेन । सामान्य खालका हेरफेर गरेर समितिले आफ्नो प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिसकेको छ ।

समितिले विधेयकमा प्रस्तावित प्रदेश प्रहरी संगठन समावेशी स्वरूपको हुनेछ भन्ने उल्लिखित प्रावधानलाई यथावत् राखेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले उक्त प्रावधान प्रहरी गठनसम्बन्धी ऐनमा राख्न सकिने भन्दै हटाएको थियो । दुईवटै विधेयकमा उल्लिखित ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भन्ने वाक्य हटाएर आठौं दिनदेखि प्रारम्भ हुने बनाइएको छ । विधायन समितिले प्रहरी कार्यसञ्चालनसम्बन्धी विधेयकमा थपेको एउटा महत्त्वपूर्ण बुँदा हो– प्रदेशको आन्तरिक शान्तिसुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनेछ । प्रतिनिधिसभाले पारित गरेको विधेयकमा प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण प्रदेश सरकारले गर्ने, प्रदेश प्रहरीले नेपाल सरकार तथा प्रदेश सरकारको नीति र प्रदेश मन्त्रालय तथा प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य गर्नुपर्ने भनिएको छ । विधायन समितिले त्यसलाई थप स्पष्ट पार्नलाई एउटा बुँदा थपेको हो ।

विधेयकका केही प्रावधानलाई थप स्पष्ट पार्न तथा प्रदेश प्रहरीको झुकाव प्रदेश सरकारप्रति राख्न सामान्य खालका सुधार विधेयकमा गरिएको विधायन समितिका सभापति परशुराम मेघी गुरुङ बताउँछन् । ‘प्रतिनिधिसभामा धेरै मिहिनेत र सुधारपछि आएको विधेयकमा हामीले धेरै चलाउन आवश्यक ठानेनौं,’ उनले भने, ‘भरसक तलबाट आएकालाई धेरै नचलाउने हाम्रो सोच हो ।’

समितिले तीनवटा बैठक बसेर प्रहरीसम्बन्धी दुईवटै विधेयक टुंग्याएको हो । विधेयकले शान्तिसुरक्षासम्बन्धी भूमिकामा संघ र प्रदेशबीचको द्विविधा हटाएको उनको भनाइ छ । प्रदेशभित्रको शान्तिसुरक्षा कार्यान्वयनका सवालमा प्रदेश प्रहरीलाई बढ्ता जिम्मेवार बनाउने गरी विधेयकमा सुधार भएको उनले उल्लेख गरे । समायोजन विधेयकमा रिक्त स्थानको पदपूर्ति प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमार्फत गर्नुपर्ने प्रावधानलाई विधायन समितिले संशोधन गरेको छ । समितिले प्रदेश लोकसेवा आयोग शब्दलाई झिकिदिएको छ । प्रदेश कानुनमा भएको व्यवस्थाबमोजिम प्रदेश सरकारले पदपूर्ति गर्न पाउने भनिएको छ । समायोजनपछि पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मको पद रिक्त रहन गए प्रदेश सरकारले ती पदमा पदपूर्ति गर्न पाउने विधेयकमा व्यवस्था छ ।

प्रदेश प्रहरीमा समायोजन भएर गएका प्रहरी कर्मचारीले बिहेवारी भएका कारण अन्य प्रदेशमा सरुवा चाहेमा दुवै प्रदेशको समन्वयमा सरुवा गर्न सकिने नयाँ प्रावधान विधायन समितिले थपेको छ । समायोजन विधेयकमा पतिपत्नीलाई एकै प्रदेशमा पर्ने गरी समायोजन गरिने भनिएको छ । तर समायोजन भइसकेपछि बिहे गरेकाको हकमा कुनै व्यवस्था गरिएको थिएन । प्रतिनिधिसभाले पास गरेको डीएसपी पदसम्मका प्रहरी कर्मचारी प्रदेश प्रहरीमा समायोजन हुने, प्रदेशमा समायोजन भएका प्रहरीको तलबमा दुई ग्रेड थप गर्नेजस्ता प्रावधान यथावत् छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।