६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय तह : सुध्रिएन गाउँको अवस्था

स्थानीय तह : सुध्रिएन गाउँको अवस्था
अ+ अ-

उदयपुर । स्थानीय तहले गत दुई आर्थिक वर्षमा भौतिक विकासमा मात्रै कुल बजेटको झन्डै ७० प्रतिशत रकम खर्च गरेका छन् । तर खर्चअनुसार भौतिक विकास भने खासै देखिएको छैन ।

त्यसमध्ये करिब ९० प्रतिशत रकम भने बिजुली र सडक निर्माण खर्च भएको छ । तर ८ स्थानीय तह रहेको उदयपुरका ४ गाउँपालिकका अधिकांश स्थानमा बिजुली बलेको छैन । ४ नगरपालिकामध्ये कटारीको माथिल्लो क्षेत्रका जनता अन्कारमै बाच्न बाध्य छन् । सडकको अवस्था पनि उस्तै छ । सडक विस्तारका लागि २ वर्षमा गरिएको करोडौं रुपैयाँको लगानी बालुवामा पानीसरह छ । पहाडी क्षेत्रका अधिकांश सडक बिना डिजाइन स्काइभेटर र डोजर अपरेटरको सहयोगमै खनिएको छ । वडाध्यक्ष स्वयम स्काभेटर र डोजर मालिक छन् ।

घण्टाको ५ हजार ६ सय रुपैयाँसम्म खर्चेर खनिएका सडकमा गाडी त के मासिन पनि राम्रोसँग हिँडन सक्ने अवस्था छैन । बर्सेनि करोडौं रुपैयाँ लगानी हुँदा पनि गाउँ उस्तै भएपछि सर्वसाधरण चिन्तित छन् । आफ्नै आँखा अगाडि करोडौं रुपैयाँको लागतमा खनिएको सडक हिँड्नै नसक्ने हुँदा सर्वसाधण निराश छन् ।

‘स्थानीय तहले विकासका नाममा गरेको खर्च र त्यसमा भएको आर्थिक अनियमिता देख्दा चिन्ता लागेको छ,’ कटारी नगरपालिका १४ घुर्मीका ७१ वर्षीय रणशेर मगरले भने, ‘विकास भन्दै जथाभावि सडक खनेका छन्, तर ती सडक कामै नलाग्ने अवस्थामा छन् । ‘सडकको नाममा हुने खर्च जनप्रतिनिधिले आफ्नै स्काभेटर प्रयोग गरेर लुट्ने गरेकाले सडक गुणस्तरीय हुन नसकेको उनले बताए ।

सर्वसाधरणलाई पञ्चायत, बहुदल, प्रजातन्त्र हुँदै गणतन्त्र आउँदा समेत गाउँको विकासमा खासै फरक महसुस भएको छैन । पहिले जस्तो थियो, अहिले पनि कार्यशैली त्यो भन्दा फरक छैन । पहिलेभन्दा अहिले विकास भएको छ । तर पहिलेको तुलनमा दिगो छैन, सयौं गुणाले आर्थिक अनियमिता बढेको मगरले बताए ।

ताप्ली, रौतामाई, लिम्चुङवुङ र उदयपुरगढि गाउँपालिकाले ३ वर्षयता ९स्थानीय तहको गठनयता० बिजुली, सडक र खानोपानीलाई पहिलो प्राथामिकतामा राखेर बजेट विनियोजन गरेका छन् । विजुलीका लागि छुट्याएको रकमले पोल गाडिएको छ । तर तार टाँगेर बिजुली बाल्ने काम सुस्त छ । सडकका लागि विनियोजित रकमले हिउँदमा बनाइएको कच्ची सडक वर्षातमा बगाउने गरेको छ । आवश्यकताभन्दा बढी र लागत स्टमेटबिना नै सडक खन्दा पहाडी क्षेत्रमा समस्या बन्दै गएको स्थानीयले बताए ।

मोटर चढेर सहर जाने सबैलाई रहर छ । तर स्थानीय तहले बनाएको सडक स्तरीय छैन । ‘सहज र सजिलोसँग सहर पुग्न सकिँदैन,’ ताप्ली गाउँपालिका २ ओख्लेका ६२ वर्षीय उदयजंग रास्कोटीले भने, ‘हिउँदमा सहजै बस चले पनि वर्षातमा हिंडेर नै गुजारा गर्नु परेको छ ।’ पहाडी क्षेत्रका सडकमा पञ्चायतदेखि अहिले स्थानीय तह बन्नुन्जेलसम्म करोडौंको रुपैयाँ लगानी भइसकेको छ ।

तर हालसम्म नियमित मोटर चल्न नसकेको स्थानीयले बताए । ‘यसरी बनेका सडक सर्वसाधणको हितमा होइन,’ रौतामाईका नरमान मगरले भने, ‘निर्वाचित जनप्रतिनिधिले स्काभेटरलाई कमाउने मेलोमात्रै हो । व्यवस्था फेरियो, तर काम गर्ने मानिस फेरिएका छैनन्, बाटो फेरियो बानी फेरिएको छैन । त्यसैले विकास गर्ने तरिका, अनियमिता र ढिलासुस्ती उस्तै छ ।’

मुलुकमा जे जस्तो परिर्वतन भए पनि त्यसको असर गाउँमा परेको छैन । हिजोको अवस्था अहिले पनि रहिरहेको ग्रामीण क्षेत्रका सर्वसाधरणले गुनासो गरे ।

स्थानीय तह नेतृत्व पाए पनि नेतृत्व आउनु अघि र अहिलेमा थोरै काम गर्ने तरिका फेरिए पनि भौतिक पूर्वाधार विकासमा स्थानीयवासीले खासै फरकमहसुस गर्न सकेका छैनन । ‘बोतल फेरियो रक्सी उही हो’ लिम्चुङवुङ गाउँपालिका १ का ६९ वर्षीय रणशेर राईले भने, ‘धेरै भोगियो, धेरै देखियो तर गाउँ गाउँ नै रहेछ, बिजुली र सडकको कुरा गरे पनि जस्तो छ अहिले पनि उस्तै छ ।’ अहिले कै जनप्रतिनिधि फेरी आए भने भोलि पनि गाउँ उस्तै रहने उनले बताए ।

‘स्थानीय तहमा जनप्रतिनिधिले शासन गर्न थालेको २ वर्ष बितिसक्दा पनि भौतिक पूर्वाधार विकासमा प्रगति भएको छैन,’ ताप्ली गाउँपालिका ५ का ६५ वर्षीय बखतबहादुर राईले भने, ‘सडक खनिए तर काम लाग्ने सडक भएनन्, बिजुली बाल्ने भनियो पोल गाडेको दुई वर्ष हुँदा पनि तार टागिएको छैन ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।