१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस्



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा बृहत्तर एकता कायम गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।

थापाले देउवालाई महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विशेष आग्रहसमेत गरे । उनले भने, ‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस् ।’

पार्टीभित्रको एकता कायम गर्दै महाधिवेशन सम्पन्न गर्न आफू जुनसुकै पहल गर्न तयार रहेको थापाको भनाइ छ । उनले देउवासँग मिलेर अधिवेशन अघि बढाउन कुनै बाधा नरहेको बताए ।

‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ थापाले भने ।

सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिअनुसार अघि बढिरहेको उल्लेख गर्दै निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न हुने दाबी गरे ।

कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार आगामी असोज ३ र ४ गते वडा अधिवेशन हुँदैछ । त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा निवर्तमान सभापति देउवानिकट नेताहरूको समेत सहभागिता रहेको थियो ।




भर्खरै