२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइन हटाएर झोलुङ्गे पुल निर्माण



अ+ अ-

तनहुँ । तनहुँमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस क्षेत्रमा झोलुङ्गेपुल निर्माण गरिएको हो ।

तनहुँमा जिल्ला प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गरेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एक सय २० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत निर्माण गरिएको थियो ।

जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ । तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

तनहुँमा देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

उहाँले भन्नुभयो, “देवघाटकै गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालिगण्डकी नदीमा तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेती मादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ ।”

त्यस्तै देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेती नदीमा पनि जिल्ला प्राविधिक कार्यालयले तुइन हटाई झोलुङ्गे पुल निर्माण गरेको छ ।