१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार



अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।

प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले सोलार हस्तान्तरण गर्नुभएको हो ।

सोलार पाएपछि आफूहरुलाई खुशी लागेको दशरथचन्द नगरपालिका– २ का स्थानीय गोमती बोहराले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा रु एक लाख रकम विनियोजन गरेको थियो ।