७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार



अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।

प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले सोलार हस्तान्तरण गर्नुभएको हो ।

सोलार पाएपछि आफूहरुलाई खुशी लागेको दशरथचन्द नगरपालिका– २ का स्थानीय गोमती बोहराले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा रु एक लाख रकम विनियोजन गरेको थियो ।