२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा भेटिएको बालबालिकाको सामूहिक चिहान ‘अहिलेसम्मकै ठूलो’



अ+ अ-

काठमाडौं । पेरुमा राजधानी लिमाको उत्तरतर्फको तटीय नगरमा इतिहासकै सबैभन्दा ठूलो बालबालिकाहरूको सामूहिक चिहान फेला परेको छ । पुरातत्त्वविद्हरूले उत्खनन गरेको उक्त चिहानमा पाँचदेखि १४ वर्ष उमेरका २२७ जना बालबालिका भेटिएको हो।

ती बालबालिकाहरूको पाँच सय वर्षभन्दा अघि हत्या गरिएको ठानिएको छ।पुरातत्त्वविद्हरूले समाचार संस्था एएफपीलाई बताए अनुसार पछिल्लो उत्खननमा भेटिएका केही शवसँगै छाला र रौँ पनि थिए।

देशका अन्य दुईवटा भागमा २०० जना बालबालिकाको चिहान भेटिएको मात्र एक वर्षपछि पछिल्लो चिहान फेला परेको हो।

सामूहिक चिहान रहेको ठाउँमा उत्खननको काम चलिरहेको छ। पुरातत्त्वविद्हरूले अझैँ पनि थप शवहरू फेला पर्न सक्ने बताएका छन्।प्राप्त सङ्केतहरूले जाडो याममा बालबालिकाको हत्या गरिएको देखाएका छन् र समुद्रतर्फ फर्काएर गाडिएका छन्।

त्यसको अर्थ सम्भवतः चिमुले भगवान्‌लाई खुशी पार्न बालबलि चढाइएको हो।पेरुको उत्तरी तटसँगै चिमु बसोबासको केन्द्र थियो, जुन त्यस क्षेत्रको एउटा शक्तिशाली सम्भता मानिन्छ।