१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा



अ+ अ-

काठमाडौं । सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आइतबार बिहानबाट २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएको छ । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनको भनाइ छ ।