१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी फिल्म वितरणमा मेरो साझेदारी छैन: दीपक



अ+ अ-

नेपाली चलचित्र क्षेत्रमा दीपकराज गिरी सफल निर्मातासँगै कलाकार हुन् । सर्वाधिक कमाउने चलचित्रको तिन वटै रेकर्ड उनले निर्माण गरेका चलचित्रले बनाएका छन् । यसैले, पनि दीपकराजका चलचित्रले सुस्ताएको चलचित्र क्षेत्रलाई सधै नै चलायमान बनाउँदै आएका छन् ।

उनी, अहिले वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् । तर, उनै दीपकराजले फेसबुकमा व्यक्तिगत सुझाव भन्दै लेखेको स्टाटसले नेपाली चलचित्रमाथि वितरक र हलवालाले गर्दै आएको हेपाहा प्रवृत्ती र चलचित्र विकास बोर्डको मौनतालाई दरिलो ब्यङ्ग्य गरेका छन् ।

दीपकराजले २ करोडमा साहरुख खान, सलमान खान लगायतका कलाकारको एक से एक विदेशी चलचित्रहरु किनन् सकिने भन्दै चलचित्र विकास बोर्ड विघटन गर्न संचार मन्त्रालयलाई सुझाव समेत दिएका छन् ।

दीपक लेख्छन्–‘सरकारको विद्यमान नीति अनुसार २ करोड खर्च गरेर नेपाली भाषाको चलचित्र बनाउनुको कुनै अर्थ छैन । नेपाली चलचित्र खास चल्दा पनि चल्दैन । राम्रो नि हुँदैन । त्यही २ करोडमा साहरुख खान, सलमान खान लगायतका कलाकारको एक से एक विदेशी चलचित्रहरु आउँछ । ती चलचित्रहरु किनेर चलाउने ।’

उनले अगाडि लेखेका छन्–‘नेपाली चलचित्र भन्दा हिन्दी चलचित्र सुरक्षित छ । राज्यले रातारात सेन्टर गरिदिइहाल्छ । सुविधा दिन्छ । हलहरुले पनि विशेष स्थान दिन्छन् । किन टाउको दुखाउने ? सबै मिलेर नेपाली चलचित्र नबनऔं, विदेशी चलचित्र किनेर चलाऔं । भाषा संकृती भाडामा जाओस् । व्यापार मुख्य कुरा हो नि । त्यसपछि विकास बोर्ड पनि चाहिन्न, राज्यको खर्च पनि कम हुन्छ । करै उठाउन काम त कर कार्यलयले गरिहाल्छ नी । होइन र ? व्यक्तिगत सुझाव हो है यो ।’

उनले आफु वितरण कम्पनिमा भएपनि हिन्दी फिल्म वितरणमा भने सांझेदार नरहेको प्रस्ट्याएकबा छन् । ‘मैले वितरण कम्पनि ज्वाइन गर्दा त्यहाँ हिन्दी फिल्म वितरण हुन्थेन’ उनि भन्छन् ‘हिन्दी फिल्मको प्रोफिट र लसमा मेरो साँझेदारी छैन ।’