२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय खरिद सेवा सञ्चालनका लागि बोलपत्र आह्वान गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै आन्तरिक टर्मिनल भवनको प्रस्थानतर्फ रहेको पुरानो स्टेरायल हलमा खाली रहेको १६.९६ वर्गमिटरको सटरमा विदेशी मुद्रा विनिमय खरिद सेवा सञ्चालन गर्न इच्छुक संस्था, फर्म तथा कम्पनीबाट बोलपत्र माग गरेको हो।

प्राधिकरणका अनुसार सम्बन्धित निकायबाट विदेशी मुद्रा विनिमयसम्बन्धी कारोबार सञ्चालन गर्ने इजाजत प्राप्त संस्था तथा कम्पनीले प्रचलित कानुनबमोजिम बोलपत्र दाखिला गर्न सक्नेछन्।

बोलपत्रका लागि ५ वर्षको न्यूनतम बहाल रकम १ करोड ३९ लाख ४ हजार ६ सय १० रुपैयाँ तोकिएको छ। बोलपत्र दस्तुर ३ हजार ३९० रुपैयाँ निर्धारण गरिएको छ।

सूचनामा बोलपत्र खरिद गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले २१औँ दिनको कार्यालय समयभित्र र बोलपत्र दर्ता गर्ने अन्तिम मिति २२औँ दिनको दिउँसो १२ बजेसम्म तोकिएको छ। बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिनेछ।

विमानस्थल कार्यालयले बोलपत्रसम्बन्धी विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ। थप जानकारीका लागि कार्यालयको फोन नम्बर ०१–४११३०३३, एक्सटेन्सन २४९७ मा सम्पर्क गर्न सकिनेछ।

बोलपत्र आह्वानसम्बन्धी दोस्रो सूचना २०८३ साल असोज १ गते प्रकाशित गरिएको हो।