२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश र कतारका लागि नेपाली राजदूतद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । बंगलादेश र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण गर्नेमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर वंशीधर मिश्र र कतारका लागि नेपालको अवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर नारदनाथ भारद्वाज रहेका छन् ।

सपथ ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकार उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।