१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघद्वारा माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौं । विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।

र्‍यालीमा सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दैै नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्लेले संघमा तत्काल नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिँदै त्यसमा सबै पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा पनि जोड दिए ।