१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारण जनताको रकम सुरक्षित छ: नेपाल राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राति काठमाडौंका केही एटीएम ह्याक गरी रकम झिकिएको भए पनि सर्वसाधारण जनताको रकम भने सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले बैंक र एटीएम मेसिनको बीचमा एक अर्को डिभाइस खडा गरेर रकम चोरी गरिएको जानकारी दिएका हुन् ।

बैंकिङ प्रणाली अनुसार कुनै पनि ग्राहकले एटीएम मेसीनमा कार्ड छिराएर निकाल्न खोजेको रकम उल्लेख गरेपछि सम्बन्धित बैंकमा सूचना पुग्छ । त्यसपछि बैंकको स्वचालित प्रणालीले माग बमोजिमको रकम खातामा रहेको जानकारी एटिएम मसिनलाई दिएपछि मात्रै रकम मेसिनबाट निस्कन्छ ।

नेपाल प्रहरीले एटिएम् बाट पैसा ह्याक गरेर चोरी गर्ने ५ जना चाईनिज नागरिकलाई पक्राउ गरेको छ । थप विवरण आउन बाँकी नै छ, प्रहरीद्वारा अनुशन्धान जारी ।