१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सबै स्थानीय तहमा सामुदायिक पुस्तकालय स्थापना गर्ने



अ+ अ-

काठमाडौं । सरकारले सब स्थानीय तहमा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

१२औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको बताए । उनले त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए ।