२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा भिषण हवाई हमला, ५० भन्दाबढी बन्दीहरु मारिए



अ+ अ-

साना । यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ ।

यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । मन्त्रालयले घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको जनाएको छ । घाइतेहरुको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यहीबीच, हुथी समूहद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले धमार प्रान्तस्थित सामुदायिक कलेज परिसरभित्र रहेको युद्ध बन्दीगृहको विभत्स दृश्य प्रशारण गरेको थियो ।

यो स्थानमा अन्तर्राष्ट्रिय रेडक्रसका पदाधिकारीले पनि बेलाबखत भ्रमण गरिसकेका थिए ।रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहका बारेमा रेडक्रस र साउदी गठबन्धन दुबैलाई राम्रोसँग थाहा थियो । हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झण्डै १७० जना सैनिकहरु केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो ।

साउदी गठबन्धनले भने धमारमा हुथी समूहका केन्द्रहरुलाई लक्षित गरी हवाई कारबाही गरिएको दाबी गरेको छ । साउदीले हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरुमा आक्रमण गरेको बताएको छ । धमार राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको छ । धमार र साना सहित उत्तरी प्रान्तहरुमा हुथी विद्रोहीले सन् २०१४ देखि नियन्त्रण कायम गरेका छन् ।

यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडी र उहाँको सरकारलाई सानाबाट हुथी विद्रोहीहरुले विस्थापित गरेका छन् । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।