४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्‍याक प्रकरणः प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग



अ+ अ-

काठमाडौं । एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

ह्याकरले नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।

नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स)को कार्ड प्रयोग गरेर भीसा कार्यको प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रारम्भिक प्रहरी अनुसन्धानमा देखिएको छ। अहिले प्रभु, सनराइज, माछापुच्छे, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन्।

त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्।

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।

अहिले नेप्समा आबद्ध बैंकका एटीएम कार्डहरु अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न पाइन्छ। पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो । प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई पक्राउ गरेको हो ।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।