२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार सकिने



अ+ अ-

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ।

प्रमसँगै रहनुभएका उनका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ।’ अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ।

स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए । पुन उनि भाद्र ५ गते सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप लागि गएका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

प्रधानमन्त्री ओलीसँगै उनकी प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य पनि सिंगापुरमा नै छन् ।