६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुवा गरिएका सहसचिवहरुलाई तीन दिनभित्र हाजिर हुन निर्देशन



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ ।

सरकारले निजामती ऐन अनुसार वरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयका सचिव बनाएर सरुवा गरेको थियो । तीमध्ये कतिपय खटाइएको ठाउँमा गइसकेका छन् भने कतिपय हाजिर भएका छैनन् ।

संघीय मामिला मन्त्रालयले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न मन्त्रालय तथा निकायहरुमा पत्राचार गरी सरुवा भएका तथा कामकाज गर्न खटाइएका सहसचिवहरुलाई खटाइएका निकायमा रमाना लिई हाजिर हुन गएको जानकारी तीन दिनभित्र पठाउन भनेको छ ।

मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ पठाई सम्बन्धित प्रदेशबाट अन्यत्र सरुवा भएका कर्मचारीलाई पनि तीन दिनभित्र रमाना दिन भनेको छ ।