६ असार २०८३, शनिबार
,
Latest
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का नेता हौँ भन्दै रकम असुल्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हौँ भन्दै धम्की दिएर रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे छन्।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परका सो समूहले सरकारी कार्यालय प्रमुखहरुलाई बम पड्काएर जिउज्यान लिनेसम्मको धम्की दिने गरेको प्रहरीले जनाएको छ।

महाशाखाको टोलीले पक्राउ गरेका उनीहरुलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको छ।

पक्राउ परेका तीन जनाले विप्लव नेकपाको काठमाडौँ इन्चार्ज हुँ भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई घर बमले उडाइदिने, ज्यान लिने धम्की दिँदै रकम असुल्दै आएका बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।