५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का नेता हौँ भन्दै रकम असुल्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हौँ भन्दै धम्की दिएर रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे छन्।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परका सो समूहले सरकारी कार्यालय प्रमुखहरुलाई बम पड्काएर जिउज्यान लिनेसम्मको धम्की दिने गरेको प्रहरीले जनाएको छ।

महाशाखाको टोलीले पक्राउ गरेका उनीहरुलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको छ।

पक्राउ परेका तीन जनाले विप्लव नेकपाको काठमाडौँ इन्चार्ज हुँ भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई घर बमले उडाइदिने, ज्यान लिने धम्की दिँदै रकम असुल्दै आएका बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।