१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले काठमाडौं र मोदीले नयाँदिल्लीबाट गोरखाको घर हेर्ने



अ+ अ-

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी भूकम्पपीडित रेणुका कुँवरले घर पुनर्निर्माण गरिसकिन् । दुईकोठे घर रंगरोगन गरेर चिटिक्क पारेकी छन् । तर अझै सरेकी छैनन् । उनलाई प्रतीक्षा छ, भदौ २४ को । गृह प्रवेशको साइत त्यही दिनलाई जुरेको छ ।

यससँगै जुरेको छ, अर्को साइत । उनको गृह प्रवेश प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियोमार्फत संयुक्त अवलोकन गर्दै छन् । ‘पुसबाट घर निर्माण थालेको, भर्खरै सकियो,’ उनले खुसी हुँदै भनिन्, ‘दुई प्रधानमन्त्रीले पनि हामी घर सरेको हेर्न रे ।’

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन कार्यक्रममा दुई प्रधानमन्त्रीले गोरखामा निर्मित घर पनि अवलोकन गर्ने तय भएको भारतीय दूतावासका प्रेस संयोजक अभिषेक दुवेले बताए । भिडियो कन्फरेन्समार्फत भारतको सहयोगमा भएका कामको अवलोकन हुने उनको भनाइ छ । ‘भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा भएको भूकम्पपछिको पुनर्निर्माण पनि लाइभ देखाउँछौं,’ उनले भने ।

दुवेका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौं र मोदीले दिल्लीबाट ‘भिडियो कन्फरेन्स’ मार्फत उद्घाटनसँगै प्रत्यक्ष निरीक्षण गर्नेछन् । ‘भूकम्पपीडितको गृह प्रवेश हेर्न गोरखालाई दुई मिनेटको समय छुट्ट्याएका छौं,’ उनले भने, ‘लाइभ प्रस्तुति र रेकर्ड गरिएका अन्य क्षेत्रका पुनर्निर्माण गतिविधि पनि देखाउँछौं ।’ नेपाल टेलिभिजन र दूरदर्शन च्यानलमार्फत पनि प्रत्यक्ष प्रसारण हुने उनले जानकारी दिए ।

गोरखास्थित घरको आइतबार भारतीय राजदूत मञ्जीवसिंह पुरीले अवलोकन गरे । तुलसी रोपे । उनी शनिबारै आएका हुन् । दुई देशको सहकार्यमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण सन्तोषजनक रहेको पुरीले बताए । ‘गोरखामा मात्र ८५ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ,’ उनले भने, ‘यो सन्तोषजनक हो ।’ घर अवलोकनपछि उनले घरधनी कुँवरसमक्ष गुणस्तरीयताबारे चासो राखे ।

गोरखा र नुवाकोटमा गरी ५० हजार घरलाई भारत सरकारले अनुदान दिएको छ । गोरखामा मात्र २६ हजार ९ सय १२ घरलाई भारतको अनुदान रहेको यूएनडीपीका जिल्ला संयोजक राम सापकोटाले बताए । ‘गोरखाका २६ हजार ९ सय १२ मध्ये २३ हजार ८ सय घर बनिसकेका छन्,’ उनले भने, ‘भारत सरकारले ६ अर्ब रुपैयाँ नेपाल सरकारलाई निकासा पनि गरिसकेको छ ।’ दुवै जिल्लामा गरी ५० हजारमध्ये ४० हजार घर निर्माण भइसकेको उनले बताए ।

भारतले नेपालमा ७० विद्यालय, ७० स्वास्थ्यचौकी र ५० हजार घर निर्माणका लागि एक खर्ब रुपैयाँ सहयोग गर्ने जनाइएको छ । त्यसमध्ये २५ अर्ब अनुदान र ४२४ अर्ब सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको सापकोटाले जानकारी दिए । गोरखामा भारत सरकारले १० विद्यालय र ३२ स्वास्थ्यचौकी पुनर्निर्माण गर्दै छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै