३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चथा पर्व सम्पन्न



अ+ अ-

काठमाडौं । बनेपाका नेवार समुदायले चथा पर्व सम्पन्न गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भाद्र शुक्ल चतुर्थी आज परे पनि चतुर्थी तिथि हिजो सोमबार साँझदेखि सुरु भएकाले नेवार समुदायले चथा पर्व हिजै मनाएका हुन् ।

नेवार समुदायको मौलिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने चथामा विशेष विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । चथा पर्वमा गणेशको पूजा आराधना गरिन्छ । घरको आँगन, कौसी वा पूजा गर्ने स्थान सफा गरी परिवारका सदस्य एकै ठाउँमा बसेर विभिन्न पूजा सामग्री राखी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

पूजामा विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिन्छ । पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ ।

घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिन्छ । चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ ।

वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले समेत चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमले बताउनुभयो ।

चथा पर्वसँग चन्द्रमाससम्बन्धी धार्मिक विश्वास जोडिएको छ । यस दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ । चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने धार्मिक मान्यता रहेकाले पूजा गर्दा आकाशतर्फ नहेर्ने परम्परा छ । —