१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ ।

ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडाँै महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ ।

मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ । पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ । पूजाअर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएकोे वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ । मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।