३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब २ बजे क्यासिनोमा छापा मारेको थियो। नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले चेकजाँच गरेको जनाएको छ।

चेकजाँचका क्रममा प्रहरीले जुवा खेल्न प्रयोग भइरहेको मोबाइल ९ थान तथा नगद सटहीका लागि प्रयोग हुने विभिन्न दरका क्वाइन बरामद गरेको छ। प्रहरीले ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, एक हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १०० रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरेको जनाएको छ।

त्यसैगरी, प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँसमेत बरामद गरेको छ। जुवा खेलिरहेको अवस्थामा फेला परेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाविरुद्ध जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।