३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ ।

ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडाँै महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ ।

मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ । पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ । पूजाअर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएकोे वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ । मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।