६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

३३ महिनामा गोरखा दरबारको जग मात्रै

३३ महिनामा गोरखा दरबारको जग मात्रै
अ+ अ-

गोरखा । निर्माण सम्पन्न गर्ने मिति तीन महिना बाँकी रहँदा गोरखा दरबार पुनर्निर्माणको काम जगमै सीमित भएको छ । मंसिरमा ठेक्का सम्झौताको म्याद सकिन्छ । तर, यो अवधिमा काम सम्पन्न नहुने भएको हो ।

‘तीन महिनामा ७० प्रतिशत काम सकिँदैन,’ पुरातत्त्व विभागअन्तर्गत गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसाल भन्छन्, ‘यही गतिमा अघि बढे पनि तीन महिनामा दुई तला बन्छ कि १’ प्राविधिक अप्ठेराका कारण ३३ महिनामा जगको काम मात्र हुन सकेको उनले बताए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ कात्तिक ०७४ मा ठेक्का सम्झौता भएको थियो । पचली भैरव सिभा जेभीले दरबार पुनर्निर्माण गरिरहेको छ ।

भुसालका अनुसार कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगरेकाले थप समय दिने वा नदिनेबारे कुनै निर्णय भइसकेको छैन । ‘कम्पनीले काम गर्न धेरै ढिला गर्यो । केही समस्या पनि थिए । काठको अभाव थियो, काठ नहुँदा काम गर्नेहरू पनि घर जाँदा काम ढिलो भयो,’ उनले भने, ‘अब त्यो अवस्था पार भएकाले समस्या नआउला । तैपनि काम गर्न कम्पनीलाई थप समय दिने वा के गर्ने भन्ने निर्णय भएको छैन ।’

पचली भैरव सिभा जेभीले चार करोड ३३ लाखमा पुनर्निर्माणको जिम्मा पाएको थियो । दरबार जगैदेखि भत्काएर पुनर्निर्माण थालिएको हो । पृथ्वीनारायण शाहले राज्य गरेको ऐतिहासिक दरबार मौलिक शैलीमै निर्माण भइरहेको छ । दरबार पुनर्निर्माणका क्रममा पुराना काष्ठकलाका सामग्री र इँटासमेत यत्रतत्र छरिएका छन् । तर, अड्डाले भने पुराना सामग्रीलाई पूर्ण रूपमा संरक्षण गरिएको बताएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।