६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

करोडौं बग्यो पानी बगेन

करोडौं बग्यो पानी बगेन
अ+ अ-

सुर्खेत । जुम्लाको धौलीगाड बृहत खानेपानी आयोजना एक दशकदेखि अलपत्र छ। कर्णाली प्रदेशकै ठुलो भनिएको यो आयोजनाको डीपीआर बनाउने भन्दै करोडौं रकम खर्च भइसकेको छ। तर हालसम्म आयोजनाको अन्तिम डीपीआर नै बनेको छैन। डीपीआर नबन्दा आयोजना निर्माणको काम अलपत्र छ।

आयोजना निर्माणका लागि डिजाईन असफल भएको भन्दै पटकपटक डीपीआर बनाउने गरिएको छ। सुरुमा बनेको डीपीआर अनुसार केही काम पनि भयो। तर त्यो डीपीआरले काम नगरेको भन्दै बिचमै काम रोकियो। यही आयोजनाका लागि हालसम्म तीन पटक डीपीआर बनाउने कामभयो। तर डीपीआरको अन्तिम टुंगो लागेको छैन।

डीपीआर नबनेका कारण आयोजनाको बाँकी काम सुरु भएको छैन। यसअघि आयोजनाको च्याम्बर, इन्टेक र पर्खाल निर्माण तथा पाइप खरिदका नाममा सात करोडभन्दा बढी रकम खर्च भइसकेको छ। तर अहिले आयोजनाको नयाँ डीपीआर बनाउने काम भइरहेको छ। पटकपटक डीपीआर बनाउने नाममा करोडौं रकम अनियमितता भएको स्थानीयको आरोप छ। प्रथम डीपीआर अनुसार आर्थिक वर्ष २०६६र/६७ देखी आयोजनामा निर्माणको काम सुरु भएको थियो।

यो आयोजना संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यान्वयन कार्यालयले हेर्दै आएको छ। कार्यालय प्रमुख महेश न्यौपानेले अन्तिम डीपीआरको काम सकिएको भन्दै रिपोर्ट आउन बाँकी रहेको बताए। उनकाअनुसार सुरुमा ४६ करोड र पुनः ६४ करोड लागतमा सम्पन्न हुने भनिएको थियो। तर आयोजनाको अन्तिम डीपीआर बनाउँदासम्म आयोजनाको लागत बढेर एक अर्ब ४२ करोड पुगेको छ। एक दशकसम्म डीपीआर बनाउँदैमा वितेको यो आयोजनाको नाममा हालसम्म खर्च भएको एकीन विवरण नै छैन। खर्चको एकीन विवरण निर्माण उपभोक्ता समितिले पनि दिन सकेको छैन।

‘डीपीआरको रिपोर्ट आएलगत्तै असोजपछि टेण्डर खोलेर आयोजनाको काम तीव्र गतिमा बढ्नेछ’ उनले भने, ‘कार्यालय भर्खर स्थापना भएको हो, अहिले हामीसँग न यसअघिको खर्च बिवरण छ, न त लेखापाल नै छन्।’ उनका अनुसार यसअघिको खर्च विवरण साविकको जिल्ला खानेपानी कार्यालयले संघीय खानेपानीमा बुझाएको छैन। आयोजनाका लागि आउने करोडौं बजेटसमेत बर्षेनी फ्रिज हुन्छ। यसबर्ष यो आयोजनाको ५० लाख फिर्ता भएको हो। आयोजनामा भएको खर्च विवरणबारे सामाजिक लेखा परिक्षण र सार्वजनिक सुनुवाईसमेत हालसम्म भएको छैन।

खानेपानी डिभिजन कार्यालयका लेखापाल लक्ष्मीदत्त न्यौपानेले हालसम्म आयोजना निर्माण तथा डीपीआर बनाउनमा भएको खर्चको विवरण र कागजात नै कार्यालयमा नभएको बताए। ‘धेरैले यही विषयमा सोधीखोजी गर्छन्, कार्यालयमा खर्चको श्रेस्ता नै छैन’ उनले भने, ‘म भर्खर आएको हुँ, यसअघिका कार्यालय प्रमुख र लेखापाललेसमेत मलाई श्रेस्ता दिएका छैनन्।’ यो विषयमा हालका कार्यालय प्रमुख राजिव रिमाल पनि अनविज्ञ छन्। यो आयोजना निर्माण सम्पन्नपछि जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाँउपालिका र तातोपानी गाँउपालिकामा एक घर एक धारा वितरण गर्ने लक्ष्य छ।

तत्कालीन जिल्ला खानेपानी कार्यालय प्रमुख अनिल केशरीकोे कार्यकालबाट सुरु भएको धौलीगाड बृहत खानेपानी आयोजनामा एक दशकमा आठ जना कार्यालय प्रमुख फेरिए। आयोजना सम्पन्न गर्न मुल समिति र पाँच वटा स्किममा पाँच उपसमिति समेत गठन भए। तर पनि हालसम्म आयोजनाको काम अगाडि बढेको छैन। आयोजनामा रकम अनियमितता भएको र मुल समिति, उपसमिति र आयोजना कार्यान्वयन पक्षका कर्मचारीले प्रष्ट पार्न नसकेको स्थानीय अम्मर रोकायाले बताए।

आयोजना निर्माण मुल समितिका अध्यक्ष राजबहादुर खत्रीले भने,‘पाँच वटा स्किमको काम र पाइप खरिद गर्दा हामीसँग समन्वय भएन, कार्यालय प्रमुखहरुले मनपरी ढंगले गरे। उपसमितिले संचालन गरेका स्किमका काम पनि अलपत्र छन्, यसमा हाम्रो कु्नै दोष छैन।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।