६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप
अ+ अ-

काठमाडौँ । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औंल्याएर सांसदहरूले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ ।

नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका ती विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवेदन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।

जहाज खरिदलगायत निगमको समग्र व्यवस्थापन र कारोबार अध्ययन गर्न समितिले सत्तापक्षका सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो । निगमले गरेका वाइडबडी, न्यारोबडीलगायत धेरैजसो जहाज खरिदका विषय विवादित बन्दै आएको पृष्ठभूमि उल्लेख गर्दै समितिले यस विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्ने क्षेत्राधिकार उपसमितिलाई दिएको थियो । उपसमितिलाई अध्ययनका लागि सुरुमा एक महिना समय दिए पनि चार पटक म्याद थपेर चार महिना पुर्‍याइएको थियो ।

सांसदहरूलाई अध्ययनका लागि वितरित प्रतिवेदनमा वाइडबडी र न्यारोबडी खरिद, निगमको घाटा र व्यवस्थापनका विषयको समीक्षा गरी बुँदागत रूपमा त्रुटि र सुझाव समेटिएको छ । चारै विमान युरोपको एउटै कम्पनीबाट खरिद गरिएको हो । प्रतिवेदन समितिमा बुझाउँदा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन ।

निगमको समग्र अवस्थाबारे अध्ययन गरिएको प्रतिवेदनमा वाइडबडी खरिदको प्रक्रियामै त्रुटि रहेको उल्लेख छ । बिक्री गर्ने कम्पनीसँग संयुक्त सम्झौता नगरेको, कानुनी परामर्श लिखित रूपमा नलिएको, कम्पनीलाई भुक्तानी गरिएको मूल्यवृद्धिको आधार नलेखिएको लगायत त्रुटि प्रतिवेदनमा उल्लेख रहेको समितिका एक सदस्य बताउँछन् । न्यारोबडी खरिदका क्रममा पनि कुनै आधारबिना मूल्यवृद्धि गरी सोहीअनुसार भुक्तानी दिएको उल्लेख छ ।

‘बजारको अध्ययन, सञ्चालन र मर्मतको व्यवस्थालाई बेवास्ता गरी जसरी पनि जहाज खरिद गर्नेपर्ने मनसाय देखिएको छ,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ । एउटा मात्र कम्पनीलाई फाइदा पुग्ने गरी जहाज खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । साथै सम्झौताविपरीत प्रत्येक न्यारोबडी जहाजको खरिदमा ४२.५५ मिलियन अमेरिकी डलरलाई वृद्धि गरी ४८.५ मिलियन डलरमा जहाज खरिद गरिनुको औचित्य पुष्टि नभएको बताइएको छ ।

तर किन मूल्यवृद्धि गरियो भन्ने ठोस आधार नदेखाई बढी रकम कसरी भुक्तानी भयो भन्ने प्रश्न प्रतिवेदनले गरेको छ । मूल्यवृद्धिको आधार नराखेपछि उपसमितिले हालसम्मकै क्षतिपूर्ति हुने गरी भुक्तानी भएको रकम कम्पनीबाट फिर्ता गराउन सरकारलाई निर्देशन दिनुपर्ने सुझाएको छ । प्रतिवेदनमा केही मिलाउनुपर्छ भन्दै सभापति पार्वती निरौला (खरेल) ले सार्वजनिक गर्न तत्परता नदेखाएको उपसमितिका सदस्य तथा सत्तापक्षका एक सांसदले बताए ।

‘पख्नोस्, पख्नोस् भन्नुहुन्छ किन हो थाहा छैन,’ उनले भने । सत्ता तथा प्रतिपक्षका सांसदहरूले तत्काल प्रतिवेदन सार्वजनिक गर्न सभापति निरौलालाई अनुरोध गर्दै आएका छन् । समितिका सदस्यहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, अग्निप्रसाद सापकोटा र दिव्यमणि राजभण्डारीले हरेक बैठकमा प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गर्दै आएका छन् ।

वाइडबडीको भन्दा पनि न्यारोबडीका केही तथ्य झिकेर समितिबाट प्रतिवेदन पारित गराउने ‘लाइन’ मा छलफल भएको एक सांसदको भनाइ छ ।

उपसमितिका संयोजक भट्ट भने आफूले समितिलाई प्रतिवेदन बुझाएकाले थप जिम्मेवारी सभापति निरौलाको भएको बताउँछन् । ‘हामीले आफ्नो दायित्व पूरा गरेका छौं, समितिमा थप छलफल भइरहेको छ,’ उनले भने, ‘न्यारोबडीका विषयमा केही जटिलता देखिएकाले कानुनी परामर्श लिने सहमति समितिमा भएको छ ।’ समितिले सुरुमा कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको थियो । सिंहले निर्णय भएकै दिन आफू नबस्ने बताएपछि भट्टलाई जिम्मेवारी दिइएको थियो । समितिकी सभापति निरौलाले भने प्रतिवेदनमा राखिएका केही विषयलाई मिलाएर छिट्टै सार्वजनिक गर्ने बताइन् । लामो समय भयो, छिट्टै भन्नाले कहिले हो भन्ने प्रश्नमा निरौला भन्छिन्, ‘समय तोक्न त सकिँदैन तर सार्वजनिक हुन्छ ।’

वाइडबढी खरिदका विषयमा प्रतिनिधिसभाको लेखा समितिले गत मंसिर २६ मा कांग्रेस सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन उपसमिति बनाएको थियो । उपसमितिले गत पुस १८ गते नै प्रतिवेदन तयार गरेर समितिलाई बुझाएको थियो । समितिले सरकार र अख्तियारलाई बुझाएको प्रतिवेदनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय समितिले भने लामो समय लगाएर निगमको समग्र विषयमा प्रतिवेदन तयार गरेको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।