६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग
अ+ अ-

सुर्खेत । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो। यस्तै नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

‘सुर्खेतको धुलियाबिट र कटकुवा क्षेत्रको भीरबाट खसालेर गाई मारेको अभियोगमा गोवध मुद्दा दायर गरेका छौं,’ प्रहरी नायब उपरीक्षक रवि रावलले भने, ‘अनुसन्धानका लागि सम्मानित अदालतले सात दिनको म्याद दिएको छ। ’
नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो। सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो। त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।

गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको थियो। प्रहरीले तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ। स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

प्रहरीले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको ‘चौपाया व्यवस्थापन सम्बन्धमा’ भन्ने बेहोराको मात्रै पत्र प्राप्त गरेको छ। ‘उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिएको पत्र, सुर्खेतमा छोडिएका गाईहरुको निरोगिताको प्रमाणपत्रलगायतका कागजात पनि खोजी गरिरहेको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख पूर्णचन्द्र जोशीले गौहत्यासँगै पशु ढुवानी मापदण्डलाई पनि आधार मानेर अनुसन्धान हुने बताए। जोशीले भने, ‘गाई ढुवानीसँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौं। ’

अधिकारकर्मीहरु गौहत्या घटनामा कर्मचारीमाथि मात्रै नभएर जनप्रतिनिधिमाथि पनि अनुसन्धान गर्नुपर्ने बताउँछन्। अधिवक्ता एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले सामूहिक गौहत्यालाई गम्भीर रुपमा लिएर अनुसन्धान थाल्नुपर्ने बताए। ‘अहिले ट्रकका चालक र सहचालकलाई मात्रै पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘यो गम्भीर घटना हो। यस्ता कार्यमा साना कर्मचारीले निर्देशन पालनामात्र गरेका हुन्। निर्देशन दिने र निर्णयकर्तादेखि सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ। ’ उनले कर्मचारी एक्लैले यस्तो गम्भीर विषयमा निर्णय गर्न नसक्ने भएकाले उपमहानगर कार्यपालिकाका सबै पदाधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए।

प्रदेशको छुट्टै छानबिन समिति
नेपालगन्ज उपमहानगरपालिकाबाट कर्णालीमा भित्रिएका चौपायाका विषयमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको छ। प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा गठित तीनसदस्यीय समितिले कर्णाली प्रदेशमा भित्रिएका चौपायाका बारेमा अनुसन्धान गर्नेछ। ‘गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्छ, प्रदेशले गठन गरेको समितिले प्रहरी चेकपोस्ट तथा सम्बन्धित युनिटहरुबाट केका आधारमा भित्रिए भन्ने पाटोलाई मात्रै हेर्छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख जोशीले भने, ‘यो आन्तरिक छानबिन हो, कोही दोषी पाइएमा विभागीय कारबाही प्रक्रिया अघि बढाउँछौं। ’

मापदण्डविपरीत ढुवानी
पशु ढुवानी मापदण्ड–२०६४ अनुसार पशु–चौपायालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र, उपचार सामग्री, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्नेलगायतका प्रावधान मापदण्डमा छन्।

नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पुर्याउने भन्दै ल्याइएका गाई र अन्य चौपायामा त्यो मापदण्ड लागू गरेको देखिँदैन। ‘कानुन कार्यान्वयन गराउने स्थानीय सरकारले नै यस्तो लापराही गर्नुलाई सामान्य रुपमा लिनु हुँदैन’, वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले भने, ‘राष्ट्रिय जनावार गाईमाथि अन्याय गर्नेहरुलाई कारबाही गर्नुपर्छ। ’ मापदण्डअनुसार एउटा गाईका लागि ट्रकमा ०.८४ देखि १.२७ वर्गमिटर ठाउँ छुट्याउनुपर्छ। यस हिसाबले नेपालगन्ज उपमहानगरपालिकाले पठाएको एउटा ट्रकमा आठदेखि १० वटा गाई राख्नुपर्ने थियो। ‘तर एउटै ट्रकमा २५ देखि ३५ वटा गाई राखेर ल्याएको पाइयो’, न्यौपानेले भने, ‘सबैभन्दा पहिलो गल्ती यहींनेर भयो। ’

केही दिनदेखि भोकै रहेका गाईलाई नगरपालिकाले एउटै ट्रकमा क्षमताभन्दा धेरै राखेर पठायो। ‘बाटोमा ल्याउँदाल्याउँदै ट्रकमै गाई मरेको भए नजिकको प्रहरी युनिट, स्थानीय सरकार र सरोकारवालालाई जानकारी गराइनुपथ्र्यो’, पशु चिकित्सक न्यौपानेले भने, ‘जहाँजहाँ भीर छ, त्यहीं–त्यहीं लगेर खसाल्नु भनेको अपराध हो। ’ कटकुवा र धुलियाबिट क्षेत्रमा मारिएका गाईको न्यौपाने नेतृत्वको टोलीले पोस्टमार्टम गरेको थियो। पोस्टमार्टमका क्रममा गाईहरुका खुट्टा भाँचिएका, मस्तिष्क र मुटुमा गम्भीर चोट देखिएको, मलद्वार बाहिर निस्केको पाइएको उनले बताए। वीरेन्द्रनगर नगरपालिकाले मरेका गाईको भिसेरा संकलन गरेर परीक्षणका लागि प्रदेश पशुपक्षी प्रयोगशालामा पठाएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ