६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारको अनुमतिबिना नै फेरि विदेश भ्रमणमा

सरकारको अनुमतिबिना नै फेरि विदेश भ्रमणमा
अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै फेरि विदेश भ्रमणमा जाने भएका छन् । महानगरपालिका स्रोतका अनुसार शाक्य केन्द्र सरकारको अनुमति नै नलिई भ्रमणमा जान लागेका हुन् । उनी सोमबार बिहान ७ बजेको उडानमार्फत फिनल्यान्ड जाने कार्यक्रम तय भएको महानगरपालिकाले जनाएको छ ।

उनीसँगै उपप्रमुख हरिप्रभा खड्गी पनि फिनल्यान्ड जाँदै छिन् । सामान्यतय नगरप्रमुख र उपप्रमुख एकैपटक विदेश जान नपाउने प्रावधान छ । तर, सो प्रावधानलाई समेत लत्याउँदै वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएर नगरप्रमुख र उपप्रमुख दुवै जना एकैपटक फिनल्यान्ड जान लागेका हुन् ।

‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५’ को व्यवस्थानुसार महानगरपालिकाका पदाधिकारीले विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत गराएर मात्रै भ्रमणमा जानुपर्ने व्यवस्था छ । तर, नगरप्रमुख शाक्यले केन्द्र सरकारको स्वीकृतिबिना नै विदेश भ्रमण गर्ने गरेका छन् । यसअघि नगरप्रमुख शाक्यले १० जनाको टोली लिएर चीन भ्रमणमा जाँदासमेत केन्द्रीय सरकारको अनुमति लिएका थिएनन् ।
राजधानी दैनिकबाट