१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सब्रिज बास्केटबलमा ४० टिम



अ+ अ-

काठमाडौं : अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा बेचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । एक्सेल ग्लोबल सर्मिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित आयोजक अक्सब्रिजकै कोर्टमा हुने छ ।

पत्रकार सम्मेलनमा अक्सब्रिजका प्रशासन प्रमुख विश्वासराज बाँस्तोला र प्रतियोगिता संयोजक विमल कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराएका थिए ।