१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ, फरार दुईको खोजी हुँदै



अ+ अ-

काठमाडौँ । एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलबाट आइतबार राति सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा पक्राउ परेका हुन् ।

लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए । पक्राउ पर्नेमा चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ छन्।